नेपाल टेलिभिजनले माग्यो ४३ जना कर्मचारी !त्रिभुवन विश्वविद्यालयमा खुल्यो जागिर, १ हजार ४ सय ६४ को आवेदन माग

नेपाल टेलिभिजनले ४३ जना कर्मचारी लागि आवेदन माग गरेको छ । बुधबार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशन गरेर आवेदन माग गरिएको हो ।  सूचना प्रकाशन भएको मितिले एक महिनाभित्र आवेदन गरिसक्नु पर्नेछ ।



टेलिभिजनले छैटौं तहमा समाचार सम्पादकको लागि ३ जनाको आवेदन माग गरेको छ । त्यसमध्ये २ जना खुल्ला तर्फ र १ जना महिलाको लागि आवेदन माग गरिएको
छ ।

नेपाल टेलिभिजनले माग्यो ४३ जना कर्मचारी


त्यस्तै, छैटौं तहमा नै प्रशाशन अधिकृतको लागि १ जना मागिएको छ ।



पाचौं तहमा वरिष्ठ सहायक प्राविधिकको लागि इन्जिनियरिङ तर्फ ६ जनाको दरखास्त आव्हान गरिएको छ । जसका लागि आवेदकले मान्यता प्राप्त संस्थाबाट रेडियो एण्ड इलेक्ट्रिमेनिक्स वा इलेक्ट्रिक विषय लिई इन्जिनियरिङमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

 


तह ५ अन्तर्गत नै वरिष्ठ सहायक लेखामा २ जनाको आवेदन माग गरिएको छ । यसमा आवेदन दिन आवेदकले व्यवस्थापन विषयमा प्रविणतापत्र वा सोसरह पास गरेको हुनुपर्ने छ । तह ५ अन्तर्गत वरिष्ठ सहायक क्यामरामेनको लागि पनि ४ जनाको दरखास्त माग गरिएको छ ।



त्यस्तै, वरिष्ठ सहायक ध्वनि नियन्त्रक तह ५ को लागि ४ जना र वरिष्ठ सहायक दृश्य सम्पादकको लागि ५ जनाको आवेदन माग गरिएको छ । त्यस्तै, वरिष्ठ सहायक कम्प्युटर अपरेटरको लागि १ जनाको दरखास्त माग गरिएको छ ।



सहायक प्राविधिक तह ४ को लागि ८ जनाको आवेदन मागिएको छ । खुला तर्फ ४, महिला २ तथा आदिवासी जनजाति र मधेसी ११ जनाको आवेदन मागिएको हो ।
त्यस्तै, सहायक लेखाको लागि २ तथा सहायक प्रशासनको लागि ६ जनाको आवेदन माग गरिएको छ ।



खुला तर्फ ३, महिला, आदिवासी जनजाति र मधेसी ११ जनाको उम्मेदवारी मागिएको छ । यसमा आवेदन दिन आवेदकले मान्यता प्राप्त शिक्षणसंस्थाबाट एसएलसी वा सोसरह उत्तीर्ण गरी कम्पयुटर सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने नेपाल टेलिभिजनले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयमा खुल्यो जागिर, १ हजार ४ सय ६४ को आवेदन माग

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यलयले १ हजार ४ सय ६४ को आवेदनको आवेदन माग गरेको छ । आज गोरखापत्र दैनिकमा सार्वजानिक गरेर माग गरिएअनुसार विश्वविद्यालय अन्तर्गत विभिन्न क्षेत्रमा अध्यापन गराउने प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यकको आवेदन माग गरिएको छ । जस अनुसार विश्वविद्यालयले ४ सय ७ खुल्ला तथा १ हजार ५७ आन्तरिक प्रतियोगिताका आधारमा पदपूर्ति गर्ने जनाएको छ ।
विश्वविद्यालयका अनुसार कृषि तथा पशुविज्ञान तर्फ खुल्ला अन्तर्गत ५० जना माग गरेको छ भने आन्तारिक तर्फ १५ जना प्राध्यापक र ४ जना सहप्राध्यापकको माग गरिएको छ । त्यस्तै चिकित्साशास्त्र अध्ययन संस्थानमा खुल्ला प्रतियोगितामा तर्फ ३ जना डेन्टल सर्जरीको आवेदन माग गरिएको छ, भने आन्तारिक तर्फ १५ जनाको उम्मेदवारी मागिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसका लागि खुल्ला प्रतियोगितामा ३ सय ४५ जनाको दरखास्त आव्हान गरिएको छ । जसमा खुला तर्फ १३९, महिला ९१, आदिवासी जनजाती ५६, मधेसी ३९, दलित १८, अपाङ्ग ७ र पिछडिएको क्षेत्रको लागि ४ जनाको कोटा छुट्याइएको छ । त्यस्तै यस अन्तर्गत नै आन्तारिक प्रतियोगिताको लागि १ हजार ३० जनाको आवेदन माग गरिएको छ ।

पशुविज्ञान तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको लागि खुल्ला प्रतियोगितामा दरखास्त दिने समय कार्तिक १३ गतेको तोकिएको छ भने दोब्बर दस्तुरको लागि कार्तिक २० सम्मको समय दिइएको छ । आन्तारिक तर्फभने कार्तिक ३० र दोब्बर दस्तुरको लागि मंसिर ७ को समय दिइएको छ । त्यस्तै विभिन्न क्याम्पसका लागि खुल्ला प्रतियोगिता तथा आन्तारिक तर्फमा आवेदन दिनेको लागि मंसिर १० र दोब्बर दस्तुरको लागि मंसिर १७ समयको समय तोकिएको छ ।
आवश्यक न्युनतम योग्यता, निवेदन दस्तुर लगायत अन्य आवश्यक जानकारीको लागि आयोगको वेभसाइटwww.tuservicecommission.edu.np बाट प्राप्त गर्न सकिने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस