Entertainment
»
भारतको लागी शन्देश – मोदीलाई हामि नेपालीको खुला पत्र
भारतको लागी शन्देश – मोदीलाई हामि नेपालीको खुला पत्र
भावना देवकोटा ।
गरीब हुनु ,भिकारी हुनु होइन । मोदी सर , हो तिमी हामी भन्दा २२ गुना ठुला छौ तर याद राख, हामी तिमी भन्दा २२ गुना

बलिया छौं यो पनि बुझ हामीलाई नाकाबन्दी गरे तिमीलाइ ४ खर्ब ४५ अर्ब घाटा हुन्छ । सानो हुनु ,कमजोर हुनु होइन । गरीब हुनु ,भिकारी हुनु होइन । जे खाइरहेछौं, खाइनैरहनेछौं । तिम्रो हस्तक्षेप र धम्की हामीलाइ कदापी स्बिकार्य छैन । तिमी जस्ता ब्रीटिसको जुत्ताको तलुवा चाटेर स्वतन्त्र भएकालाई के थाहा अक असल छिमेकीको सम्मान कसरी गर्नु पर्छ भन्ने कुरा । नेपाल मात्र इतिहासको एउटा यस्तो देश हो जसलाइ कसैले शासन गर्न सकेनन । इतिहास साक्षी छ,हामी कसैको गुलाम बन्न चाहेनौ बरु भोकै मरिन्छ स्वाबिमान बेचिन्न । पानी नखाइ युद्द गरेर जितेका बिरहरुका छोरा नाति हौ हामी । परिआए अवका युवा देशका लागि जसरी पनि लढ्न सक्छन कसैको साथ चाहिदैन ! बिगतको इतिहास लाई फर्केर हेर देशको लागि खालि पैतलाले आगोमा टेकेर छातिमा गोलि थाप्ने बिर गोर्खाली हौ हामी । हामि मरेका छैनौ र ज्युदै छौ । हावाले जति बिरोध गर्छ चङ्गाले उति नै उचाइ लिन्छ हो हामी पनि अब उचाइ लिने छौ । यो संविधानको असन्तुष्टि होइन, स्वाधिनतामाथि गिद्धेदृष्टि र आन्तरिक मामलामा बक्रदृष्टि हो । हामी चुप लागी बस्ने छैनौ । बुढापाकाले भन्ने गर्थे, धेरै दया देखायो भने राम्रो हुदैन , शत्रु खोज्न टाढा जानुपर्दैन भन्ने कुरा तिमीले पुष्टी गरेका छौ तिमीले । याद राख ,मुसो सानो छ भन्दैमा बिरालोले बन्द कोठामा थुनेर तड्पाइ मार्छु भनी सोच्नु गलत हुनेछ । मुसोले ढोका नफोड्ला तर कोठाबाट जरुर निस्कन्छ । मोदी ज्यू , यत्ति भनेसी त बुझ्छौ होला नि तिम्रो नाकाबन्दीको महत्व ? हेर ! भैसिले दूध दिन छोड्दैन, खेतमा बाली उम्रन रोक्दैनन, खोला नाला सुक्दैनन ,हावाहरु रोकिदैनन त्यसैले तिमीले नाका बन्द गर्दैमा केही हुदैन ! हाम्रो प्यारो भुमीको कन्दमुल जडिबुटि खाएर बच्न सक्ने हिम्मत र तागत छ हामी सँग । हेर ! हामी नेपालीहरु मजदुरी गर्न भारत जाने गर्छौ र लाख लिएर फर्कन्छौ । तिमीहरू भने छलकपट गर्नलाई नेपाल आउने गर्छौ र करोडौं लिएर फर्कन्छौ । हामीलाइ पनि थाहा छ यो कुरा । मोदी ज्यू , तिमिले नेपालको बिषयमा सम्बोधन नगरेकै राम्रो । बरु आफ्नै भारतमा भोकमरिले पिल्सिएका लाई र गरीबिले थिचिएकालाई जाउ गएर सेवा गर । पुगेन भने बरू हामी हाम्रो हिमाल बाट स्याऊ टिपेर पठाई दीउँला , पहाड बाट कोदो र तराई बाट धान पठाई दिउला । त्यति धेरै कमजोर पनि नसोच नेपालीलाई । तिमि संग त सिमाना मात्र जोडीएको हो नेपालको तर बिश्ब सँग त मन र आत्मा दुबै जोडिएको छ । हामी नेपाली ‘मित्र बन्न चाहनेका लागि संसारकै सबैभन्दा उत्तम मित्र’ र ‘शत्रु बन्नेका लागि संसारकै सबैभन्दा खतरनाक शत्रु’ जाति हौं । उही एक नेपाली राष्ट्र प्रेमी जय नेपाल ।।।