बलात्कारपछि बालिकाको हत्या
, गौशाला, ११ असोज – महोत्तरीको एकरहिया गाविसमा आज बिहान बलात्कार गरी हत्या गरिएको अवस्थामा एक बालिकाको मृत शरीर फेला परेको छ । नाम, थर र ठेगाना नखुलेका अन्दाजी वर्ष ११ की बोल्नसमेत नसक्ने ती बालिकाको शव एकरहिया– ३ स्थित भिक्सको रुखको बगैँचामा बलात्कारपछि मारिएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सो गाउँमा मागी खाने गरेकी ती बालिकालाई सामूहिक रुपमा बलात्कार गरिएको आशङ्का प्रहरीले गरेको छ । प्रहरी निरीक्षक नरेश महतोका अनुसार बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । रासस
.

