सिङ्गापुरले गर्यो नेपाली संविधानको स्वागत
नेपालमा नयाँ संविधान जारी भएकामा सिङ्गापुर सरकारले हार्दिक बधाई ज्ञापन गरेको छ ।
सिङ्गापुरका प्रधानमन्त्री ली सेन लुङले प्रधानमन्त्री सुशील कोइरालालाई आज एक सन्देश पठाई नेपाली जनताप्रति बधाई ज्ञापन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालको बृहत् शान्ति, समृद्धि एवम् प्रगतिका निम्ति नयाँ संविधान अग्रगामी कदम हुने भएको सिङ्गापुरका प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन । रासस

