भीम रावल उपप्रधान तथा अर्थमन्त्री

यस अघि विष्णु पौडेलले अर्थमन्त्रीमा सपथ लिने चर्चा चलेपनि अन्ततः एमालेबाट उपाध्यक्ष भीम रावलले अर्थमन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । रावल उपप्रधान तथा अर्थमन्त्री बन्ने निश्चित जस्तै भएको एमाले श्रोतले बताएको छ ।


महरा गृहमन्त्री, गिरीराजमणि पोखरेल सभामुख

शैक्षिक योग्यताका हिसावले विष्णु पौडेल भन्दा रावल नै अर्थमन्त्रीका लागि उपयुक्त हुने एमाले नेताहरुको मत छ ।


आज पार्टीको बैठकबाट औपचारिक निर्णय भएमा रावलले अर्थमन्त्रीकोरुपमा सपथ लिने बताइएको छ । एमाले भित्र अर्थमन्त्री कसलाई बनाउने भन्ने विषयमा नेताहरुबिच हानाथाप देखिएको छ । झलनाथ खनाल सुरेन्द्र पाण्डेको पक्षमा छन् भने कतिपय नेताहरुले विष्णु पौडेलकै पक्षमा देखिएका छन् ।

अर्थमन्त्री बन्न लागेका रावल यस अघि गृहमन्त्री बनिसकेका ब्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस