सुशील कोइरालालाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको तयारी

२७ असोज, काठमाडौं ।

सहमतिको बाटो छोडेर बहुमतिय प्रक्रिया रोजेको नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति सभामुख र उपसभामुख पदमा उम्मेदवारी दिने भएको छ । कांग्रेस पदाधिकारी बैठकले लोकतान्त्रिक विधि र प्रक्रिया अन्र्तगत सबै पदमा राजिनामा दिन निर्णय गरेको पार्टीका प्रवक्ता दिलेन्द्र प्रसाद बडुले बताए ।





हामीले सबै पदमा उम्मेदवारी दिने तयारी गरेका छौ, क-कसलाई पठाउने गृह कार्य गरिहेको छौं, उनले भने ।

कांग्रेस उच्च स्रोतका अनुसार अनुसार प्रधानमन्त्री पदमा उम्मेदवारी दिएका पार्टी सभापति सुशील कोइरालाई नै पुनः राष्ट्रपतिको उम्मेदवारमा उठाउने तयारी भइरहेको छ ।प्रधानमन्त्री निर्वाचनपछि प्रमुख राजनीतिक दलहरुबीच फाटो आएको छ ।

प्रतिक्रिया दिनुहोस