नेपालीको दृढ अडानपछि भारत झुक्यो, चीनको नाका खुलेको खबर आए लगत्तै भारतीय गृहमन्त्रीले भने मोर्चालाई वार्तामा बस्न भनेका छौ
काठमाडौं । चीनतर्फको नाका खुले लगत्तै भारतीय गृहमन्त्री राजनाथसिंहले प्रधानमन्त्री सुशिल कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर सिमानामा देखिएको समस्या समाधानको दिशातर्फ अघि बढ्न आग्रह गरेका छन् ।
नेपालले चीनसँगको तातोपानी नाका खुलेको खबर आए लगत्तै भारतीय पक्षबाट यस्तो प्रतिक्रिया आएको हो । स्रोतका अनुसार भारतले आजभोलीमै नाका खोलि दिने संकेत गरेको एक मन्त्रीले बताए ।
प्रधानमन्त्री तथा ओलीसँगको टेलिफोन कुराकानीका क्रममा राजनाथले आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गरेर समस्या समाधान गर्न आग्रह गरे । भारतीय सञ्चारमाध्यमका अनुसार राजनाथले मधेसी मोर्चाका नेताहरुलाई हिंसा र आन्दोलन अन्त्य गरेर वार्तामा जान भनेको बताएका थिए ।
टेलिफोन कुराकानीका क्रममा राजनाथले दुबै नेतालाई नेपाल र भारत युगौँदेखिको असल मित्र रहेको र सधैँ रहिरहने बताएका थिए ।नाकाबन्दीका विषयमा कुरा गर्न प्रधानमन्त्री शुशिल कोइरालाको बारम्वारको आग्रह अस्विकार गरेको भारत सरकारले चीनसँगको नाका खुलेको खबर आएसँगै आफनै समस्या हल गर्न अग्रसर भनि सकेको छ ।
भारत सरकारको दबाब आएसँगै मोर्चा लचिलो भएको छ । उसले पुर्व अडान छोड्ने संकेत देखाएको छ । वीरगन्ज रक्सौँल चेक प्वाइन्टमा अघोषित नाकाबन्दी सातौँ दिन पुग्दा काठमाडौँमा इन्धनको अभाव भएको छ । इन्धन अभावकै कारण विद्यालय, कलकारखाना लगायत थुप्रै क्षेत्र प्रभावित छन् ।
इन्धन अभावकै कारण नेपाल अस्पतालहरु समेत बन्द हुने अवस्थामा पुगिसकेका छन् भने अन्तर्राष्टिय उडानका लागि तेलको व्यवस्था गर्न सरकारले निर्देशन दिइसकेको छ । अभावकै बीच नेपालले तातोपानी नाका खुलाउने प्रयास थालेको छ ।
यहाँ नेपालमा सामान तथा इन्धन पठाउनका लागि ४ सय चिनियाँ टक लाईनमा छन् । यसअघि भूकम्पपछि आएको पहिरोका कारण यो नाका बन्द भएको थियो ।www.nayakhabar.com