Photo via: Press Information Bureau, Govt of India. कार्तिक २, २०७२- परराष्ट्रमन्त्री कमल थापा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपालमा भारतले लगाएको अघोषित नाकाबन्दीबारे छलफल भएको छ । भारतीय प्रधानमन्त्री निवास रेसकोर्समा भएको छलफलमा मोदीले सहज भएको नाकाबाट निर्यात बढाउने आश्वासन दिएका छन् । तर वार्तामा रक्सौल नाका सूचारु गर्ने बिषयमा कुनै छलफल नभएको भेटमा संलग्न एक अधिकारीले बताए । मोदीले अरु राजनीतिक समस्यालाई समाधान नगरी सम्बन्धको सबै आयाम फराकिलो हुन नसक्ने जवाफ दिएको भेटमा संलग्न अधिकारीले बताएका छन् । जवाफमा परराष्ट्रमन्त्री थापाले आन्तरिक समस्या मिलाउनको लागि सरकारले संवाद र समझदारी अघि बढाएको बताएका थिए । छलफलपछि कान्तिपुरसँग कुरा गर्दै परराष्ट्रमन्त्री थापाले सम्भववत तिहारपछि हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको क्रममा बाँकी रहेको बिषयमा कुराकानी हुने बताए ।
रक्सौलबाहेक नाकाबाट निर्यात बढाउने मोदीको आश्वासन !