भारतले नाकाबन्दी कायमै राखेपछि प्रचण्ड चीन जाने

भातरतले दुई सातादेखि नाकाबन्दी गरिरहेको बेला एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उच्चस्तरीय राजनीतिक भेटघाटको लागि चीन जाने भएका छन् । प्रचण्डले अक्टोरब १५ मा राजधानी बेइजिङ जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।


भ्रमणको क्रममा राजनीति भेटघाट, नेपालकलो राजनीतिक घटनाक्रम बारे चिनियाँ कम्युनिष्ट पार्टीलाई अवगत गराउने कार्यक्रम रहेको छ । चिनियाँ कम्युनिष्ट पार्टीद्धारा आयोजित सिल्क रोड सम्बनधी एसियाली राजनीतिक दलहरुको विशेष सम्मेलमा भाग लिन प्रचण्ड चीन जान लागेका हुन् ।

भारतले नाकाबन्दी गरिरहेको अवस्थामा प्रचण्डको चीन भ्रमणलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ

प्रतिक्रिया दिनुहोस