नेपालको मधेशमा आन्दोलन गराएर भारतको बिहारमा चुनाब प्रचार प्रसार गर्दैछन् यी नेता राजेन्द्र महत्व

काठमाडौं - आधा गइसक्यो । तर रक्सौल अझै जागै छ । नेपालतर्फको सडक मधेसी दलले अवरोध गरेका छन् । नेपालका प्रदर्शनकारीका लागि महेशकुमार अग्रवालको घर अगाडि एउटा टेन्टमुनि क्यान्टिन चलाइएको छ । उनकै घर अगाडि एउटा भीड किन जम्मा भएको होला ? त्यहाँ बनाइएको क्यान्टिन रातभर खानाको बन्दोबस्त गर्दै जागा रहन्छ । महिमा निर्यातका सञ्चालक अग्रवाल नेपाल-भारत सीमावर्ती क्षेत्रका एक प्रसिद्ध व्यापारी हुन् । उनी यहाँ व्यापारीसँगै भारतीय जनता पार्टीका एक सक्रिया कार्यकर्ताकारुपमा पनि परिचित छन् ।


महेशको घर अगाडि चम्किरहेको बिजुलीको उज्यालोमुनि एकसाथ दुर्इ कुरामा गर्मागरम बहस भइरहेको छ । एकातिर नेपालमा संविधानविरुद्ध आन्दोलन चलिरहेको छ भने अर्कातिर बिहारमा चुनाव आइरहेको छ । यहाँ नेपालमा संविधानविरुद्ध जारी मधेस आन्दोलनलार्इ बिहारको चुनावमा कसरी उपयोग गर्ने भन्नेबारेमा दुर्इपक्षबीच छलफल भइरहेको छ । नेपालको मधेसमा जारी आन्दोलनको प्रभाव बिहारको चुनावमा पनि देखिने भएकाले यहाँ यी दुर्इपक्षबीच नेपालको मधेस आन्दोलन र बिहारको चुनावमा एकसाथ जितको खोजी हुँदैछ 'म यहाँ सडक अवरुद्ध गरेर मितेरी पुलमा धर्ना बस्नु भएका मधेसी दाजुभाइलार्इ खाना खुवाउने बन्दोबस्त गरिएको क्यान्टिनको रेखदेख गरिरहेको छु', अग्रवालले भने, 'उहाँहरु जायज मुद्धासहित आन्दोलित हुनुभएको छ ।

हामीले उहाँहरुलार्इ सहयोग गर्दा सामाजिक र राष्ट्रिय दुबै हित हेरेका छौं ।' अग्रवालले त्यो क्यान्टिनमा मधेसका ६ हजार देखि ७ हजार दाजुभाइलार्इ खाना खुवाइरहेको बताए । 'हामी चौबीसै घन्टा ६ हजारदेखि ७ हजार मानिसलार्इ हरदिन खाना खुवाइरहेका छौं', उनले भने, 'उहाँहरुलार्इ सहयोग नगरे अरु कसले गर्छ ?' अग्रवालले आफूहरुले यसो गर्नुमा राजनीतिक कारणसँगै मधेसीसँग रोटी-बेटीको सम्बन्ध रहेको पनि ब्याख्या गर्न पछि परेनन् । उनले मधेस आन्दोलनलार्इ प्रयोग गरेर बिहारको चुनावलार्इ राम्ररी प्रभावित पार्न सकिने कुरा पनि राम्ररी बुझेका छन् । उनले भारतले नेपालको मुद्धालार्इ उठाउने क्रममा त्यसबाट बिहारको चुनाव प्रभावित हुनसक्ने बुझैरै यो अभियानमा लागेका हुन् । 'भाजपा सरकारले केन्द्रमा यदि गलत कदम चालेमा बिहारको चुनाव प्रभावित हुन सक्छ । तर यदि सही कदम लियो भने त्यसले हामीलार्इ राम्रो फाइदा दिनेछ', उनी भन्छन्, 'सीमाबाट ५० किलोमिटरको दुरीमा रहेको मधेस र बिहारबीच सदियौंदेखि व्यापारको मात्र सम्बन्ध छैन, बेटी-रोटीको गहिरो नाता छ ।

यो सीमाना हामी दुबै देशको पुल हो । यसले हामीलार्इ अलग गर्न सक्दैन ।' उनका अनुसार बिहारको विधानसभा निर्वाचन क्षेत्रबाट ४० प्रतिशत मानिस मधेसीसँग प्रत्यक्ष जोडिएका छन् । त्यसैले यहाँको मुद्धा र चुनाब तथा मधेस र बिहारको सम्बन्धलार्इ कसरी हेर्छ भन्ने महत्वपूर्ण कुरा हो । 'अहिलेसम्म भारत सरकारले बलियो अडान लिएर मधेस आन्दोलनलार्इ समर्थन गरेकोमा हामी खुसी छौं', उनले सुनाए, 'हाम्रो आफ्नो भूमिमा पहाडियालार्इ तह लगाएर मधेसीहरु अघि बढ्नैपर्छ । हामी उनीहरुका लागि यति धेरै गरिरहेका छौं, तर उनीहरु के गरिरहेका छन् ? हाम्रो झण्डा र प्रधानमन्त्रीको पुत्ला जलाइयो ।' । नेपाल सरकारले आफूहरुमाथि लामो समयदेखि ब्ल्याकमेलिङ गरिरहेको आरोप उनले लगाए । 'उनीहरु लामो समयदेखि हामीलार्इ ब्ल्याकमेलिङ गरिरहेका छन् । उनीहरु चीनको सहयोग कसरी लिँदा रहेछन् हामी पनि हेर्छौं', उनी भन्छन्, '६७ प्रतिशत बढी नेपालको ब्यापार हाम्रै सीमानासँग जोडिएर हुन्छ ।

अधिकांश पेट्रोलियम पदार्थ हामीले नै दिइरहेका छौं । अहिलेको नाकाबन्दी र मधेस आन्दोलनले उनीहरुको हैसियत उजगार भएको छ ।' बिहारमा मधेस आन्दोलनकारीलार्इ सघाइरहेकै बेला सांसद सञ्जय जायसवाल र विधायक डा. अजयकुमार सिंहसहित भने आफ्नो राजनीतिक कारण देखाउँदै प्रत्यक्ष सहयोग गरिरहेका छन् । उनीहरुले मधेसीका लागि शिविर सञ्चालनमा पनि सहयोग नगरेको जनाएका छन् । गत बिहीबार अग्रवालको घरमा खाना खानका लागि विशेष अतिथिकारुपमा राजेन्द्र महतो उपस्थित थिए । नेपालमा नाकाबन्दी गराउन सक्रियरूपमा लागेका उनी नेपाल सद्भावना पार्टी अध्यक्ष पनि हुन् । अग्रवालको घरमा खाना खाँदै उनले मधेसी र भारतीयको पक्षमा बोल्दै नेपालीबारे नकारात्मक टिप्पणी गर्न भ्याए । 'भारतले जे सही भन्छ मधेसका लागि त्यही सही हुन्छ', उनले भने, 'नेपाली भाषाका मानिसका लागि राष्ट्रवाद भनेको भारतलार्इ गाली गर्नु हो । केबल हामी संगठित मधेसीले मात्रै नेपालमा भारतविरोधी भावनालार्इ कम्जोर बनाउन सक्छौं ।' आफ्नो आन्दोलनबारे बोल्दै महतोले सीमाका धर्ना भारतको नभइ आफ्नो भएको जिकिर गरे ।

'यो भारतको धर्ना होइन, हाम्रो धर्ना हो', उनले भने, 'उनीहरुले समान अधिकारसहितका हाम्रा जायज मागलार्इ नयाँ संविधानमा सम्बोधन गरेको एक सेकेन्टमै सीमानाको नाकाबन्दी हट्नेछ ।' महतोले मधेस आन्दोलन चलिरहेकै बेला काठमाडौंमा नयाँ संविधान जारी भएपछि १६ सेप्टेम्बरदेखि भारतले आफूहरुको आन्दोलनमा समर्थन गरेकोमा आभार व्यक्त गर्न भ्याए । 'यदि मधेस आन्दोलन असफल भयो भने हाम्रा लागि दासको जस्तै जीवन हुनेछ', उनले भने, 'यो आन्दोलन यदि कम्जोर भयो भने त्यससँगै भारत पनि असफल हुनेछ ।' भारतीय प्रशासनले अहिलेसम्म मधेसी आन्दोलनकारीहरुलार्इ सहानुभूति जनाइरहेको देखिएको छ । अहिले नाकामा शान्ति भएको देख्न सकिन्छ । यदि सीमानाका दुबै किनारमा शान्तिको वातावरण कायम भएमा भारत नाकाबन्दी हटाउन बाध्य हुने अवस्था छ । 'नेपाल सरकार मधेसी नागरिकलार्इ दासका रुपमा राख्न चाहन्छ,' नाका रोड रक्सौलमा बस्दै आएका सुरेश कुमार गुप्ता भन्छन्, 'यदि भारत सरकारले नाकाबन्दी हटाएर हाम्रा मधेसी दाजुभाइ दिदीबहिनीको साथ छाड्यो भने उनीहरुको अधिकारका लागि लड्न हामी मधेस जान्छौं ।'

उनले यति कुरा भनिरहँदा उनको समर्थनमा वरिपरि बसेकाहरुले मुन्टो हल्लाइरहेका थिए । गुप्ताकी पत्नी वीरगञ्जबाट १५ किलोमिटर टाढाको डाकेला भवेरीकी हुन् । उनले आफ्नी बहिनीलार्इ पनि बिहे गरेर वीरगञ्जमा दिएका छन् । 'यदि भारत सरकार कम्जोर भएर पछि हट्यो भने हामी मधेसी दाजुभाइ दिदी बहिनीका लागि लड्नेछौं', उनले भने, 'हामी नहरको पुल तोड्छौं, उनीहरुले के गर्न सक्छन् गरुन् ।' पुरुषहरुको एउटा समूह बाहिर गल्लीमा जय मधेस भन्दै नारा लगाउँदै पुलतिर दौडियो । यहाँ जम्मा भएका अनुहार छुट्याउनै मुस्किल छ, को मधेसी हुन् को भारतीय हुन् । एकैठाउँ बसेका बेला यहाँ कसैलार्इ पनि दुर्इ देशका नागरिकका रुपमा छुट्याउनै सकिन्न । यहाँ नेपालीलार्इ चिन्ने एउटैमात्र विधि छ । त्यो हो, मोटरसाइकलको नम्बर प्लेटको रंग : नेपाली नागरिकको मोटरसाइकलको नम्बर प्लेटको रंग

प्रतिक्रिया दिनुहोस