सरकारले अनुमति दिए ५ दिनमै चिनिया ग्याँस फालाफाल !

२१ असोज, काठमाडौं । ग्यास उद्योगीले खासाबाट ३० किलोमिटर चीनतर्फको दूरीको नालमबाट ग्यास ल्याउन सक्ने प्रस्ताव गरेका छन् । उद्योगीले वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई बुधबार भेटेर चीनबाट तत्कालै ग्यास ल्याएर उपत्यकामा वितरण गर्न सक्ने कार्ययोजना पेस गरेको नयाँ पत्रिकामा खबर छ । चीनको नालमबाट ग्यास ल्याउनेबारे विस्तृत अध्ययन नै सम्पन्न गरिएको ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए ।