ढुंगा प्रहार गर्दै भारतीय भूमितिर जान खोजिररहेका मोर्चाका कार्यकर्ताहरूलाई भारतीय सीमा सुरक्षा बलले पनि लखेटे :: थप जानकारि
मोर्चाका कार्यकर्ताले नाकामा धर्ना दिएर सवारी आउजाउ बन्द गराएका थिए। जमुनाहामा जम्मा भएका युवाहरूले सर्वसाधारणलाई दु:ख नदिन मोर्चाका ने
नेपालगन्ज–रुपैडिहा नाकामा करिब दुई घण्टासम्म तनाव कायमै रह्यो। ढुंगा प्रहार गर्दै भारतीय भूमितिर जान खोजिररहेका मोर्चाका कार्यकर्ताहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पनि लखेटेको छ। प्रतिकार समूह र भारतीय सुरक्षाकर्मीको दुई पक्षीय चेपुवामा परेका आन्दोलनकारीहरू पारिको जमुनाहा गाउँतिर तितरबितर भएका थिए।
पारिबाट ढुंगा हान्न थालेपछि भारतीय सुरक्षाकर्मीले आफ्नो क्षेत्रबाट उनीहरूलाई धपाउने प्रयास गरिरहेका थिए। घटनास्थलमा खटिएका सशस्त्र प्रहरी निरीक्षक अमित मल्लले किनमेल गर्न जान नपाएका सर्वसाधारणहरूले प्रतिकार गरेको बताए। उनले आफूहरूलाई दशगजा क्षेत्रमा बल प्रयोग गर्ने अधिकार नरहेको भन्दै आक्रोशित भीडले नियन्त्रणमा लिएका मोर्चाका नेताहरूलाई सुरक्षा दिएर नेपाल प्रहरीको जिम्मा लगाएको दाबी गरे। तर, मोर्चाका नेताहरूले भने सर्वसाधारणका नाममा सादा पोसाकका प्रहरी परिचालन गरेर आन्दोलनको प्रतिकार गर्न लगाइएको आरोप लगाएका छन्। मोर्चाका नेता ललितकुमार रौनियारले उक्त घटनामा सर्वसाधारणहरूको कुनै हात नरहेको दाबी गरे।
‘सादा पोसाकका प्रहरीले हामीमाथि आक्रमण गर्दा उक्त घटना भएको हो,’ उनले भने, ‘प्रशासनले शान्तिपूर्ण आन्दोलनलाई हिंसातिर भडकाउने प्रयास गरिरहेको छ।’ आक्रोशित भीडले मोर्चाका संयोजक तथा तमलोपा केन्द्रीय सदस्य विजयकुमार गुप्ता, कार्यकर्ता राजेश मिश्रलाई दशगजाबाट घेरेर आक्रमण गरेको थियो। त्यस्तै, सद्भावनाका जिल्ला अध्यक्ष लक्ष्मीनारायण वर्मा, नेपाल जनता पार्टीका कार्यकर्ता रविकान्त गुप्ता र कौशल मिश्रलाई प्रहरीले पक्राउ गरेको छ। आन्दोलनकारीहरू त्यहाँबाट तितरबितर भएपछि जमुनाहा र रुपैडिहाका सुरक्षाकर्मीले सवारी आउजाउका लागि समन्वय गरिरहेका थिए। दुई पक्षका सुरक्षाकर्मीले सुरक्षाको प्रत्याभूति दिइरहेका देखिन्थे। समन्वयपछि मालवाहक गाडीहरू भारतबाट नेपालगन्ज प्रवेश गर्न थालेको प्रहरीले जनाएको छ।
Source : eKantipur

