सेनाले चलायो निःशुल्क बस
काठमाडौँ : इन्धनका कारण सास्ती भोग्न वाध्य यात्रुलाई सुविधा प्रदान गर्ने उद्देश्यले नेपाली सेनाले शुक्रबारदेखि निःशुल्क रूपमा बस संचालन गरेको छ।
पहिलो चरणमा सेनाले निशुल्क यातायात सेवालाई उपत्यकामा मात्र संचालन गरिएको छ। सडकमा सवारी नपाएर दु:ख पाइरहेका यात्रुहरुलाई थोरै भए पनि यसले राहत दिने भएको छ।
सेनाले शुक्रबारदेखि काठमाडौँ उपत्यकाका आठ मार्गमा निःशुल्क दैनिक चार ठूला बस सञ्चालन गरेको हो । इन्धनका कारण पैदल हिड्न वाध्य सर्वसाधरण तथा अन्य आपतलकालीन अवस्थामा यात्रु यात्रुलाई सुविधा पुर्याउने उद्देश्यले निशुल्क यातयात सेवा सुरु गरिएको सेनाका प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले जानकारी दिए। उनले भने, इन्धन अभावले अफ्ठ्यारो परेको बेला यात्रुहरुलाई थोरै भए पनि राहत दिने हेतुले यो सेवा सुरु गरिएको हो।

