बाराको जितपुरमा मोर्चा र प्रहरीबीच झडप, केही घाइते
बारा– आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच बाराको जितपुरमा झडप हुँदा एक प्रहरीसहित मोर्चाका केही कार्यकर्ता घाइते भएका छन्।
सर्वसाधारणले रक्सौलबाट ल्याउँदै गरेको दुई सय ५० लिटरभन्दा बढी पेट्रोल तथा डिजेल नियन्त्रणमा लिएर मोर्चाका कार्यकर्ताले पोखिदिएको विषयलाई लिएर झडप भएको हो। झडपमा प्रहरी जवान लुम्डी धितालसहित मोर्चाका केही कार्यकर्ता धाइते भएको प्रहरीले जनाएको छ।
झडपका कारण बुधबार दिनभर बाराको जितपुर तनावग्रस्त बन्यो। झडपलाई नियन्त्रणमा लिन प्रहरीले छ राउन्ड अश्रुग्यास सेल प्रहार गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
मोर्चाले कार्यकर्ताले ईलाका प्रहरी कार्यलय जितपुरको बा १ ज ८२९९ नम्बरको गाडीमा समेत तोडफोड गरेका छन्। मोर्चाका कार्यकर्ता तोडफोड र आगजनीमा उत्रिएपछि नियन्त्रणमा लिने क्रममा झडप भएको बाराका प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले बताए ।