महतोको पार्टी कार्यालय र निवासमा आक्रमण

काठमाडौ – तराई मधेशको आन्दोलनमा सक्रिय भएर लागेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको घर तथा पार्टी कार्यालयमा आक्रमणको प्रयास भएको छ ।


संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता समेत रहेका अध्यक्ष महतोको सिनामंगलस्थित निवासमा एक डेढसयको सँख्यामा गएका समूहले नारा जुलुस लगाउँदै तोडफोड तथा आगो लगाउने प्रयास गरेका थिए तर त्यही बेला प्रहरी आइपुग्दा नारा जुलुस लगाउँदै भागेका थिए ।तर त्यसअघि हिजो राती नै मध्य बानेश्वरमा रहेको पार्टीको सम्पर्क कार्यालयमा अज्ञात समूले ढुगा मुढा गरी तोडफोड गरेको छ । ढुगां मुढाले पार्टी कार्यालयको झ्यालका सिसा फुटेको सो पार्टीका महासचिव मनिष सुमनले जानकारी गराए ।विहानै आठ वजे एक समूह गएर राजेन्द्र महतोको नामै लिएर अपशब्द गाली गर्दै नारा जुलुस लगाएका थिए । घरमा तोडफोड तथा आगो लगाउने प्रयास भएको थियो । त्यतिकैमा सोही पार्टी सभासद् एवं अध्यक्ष महतोका श्रीमती शैल महतो र पार्टीका महासचिव सुमनलाई जानकारी गराएपछि सुमनले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाउने वित्तिकै त्यहाँ पुग्दा एक हुल मान्छे त्यहाँ नारा जुलुस लगाउँदै ब्यानर झुण्ड्याउने प्रयास गरिरहेका थिए तर प्रहरीलाई देख्ने वित्तिकै उनीहरु नारा जुलुस लगाउँदै भागेको एक स्थानीयले बताए । मधेशी मोर्चाका अन्य नेताभन्दा महतो अलि कडा रुपमा प्रस्तुत हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस