भारतलाई चुनौती दिदै सरकारले गर्यो अन्य मुलुकबाट तेल ल्याउने निर्णय
काठमाडौं । भारतले अघोषित नाकाबन्दी गरि नेपालमा उपभोग्य बस्तु निर्यातमा कडार्य गरेसँगै पेट्रोलियम पदार्थको चरम अभाव भएको छ ।
भारत सरकारले नाकाबन्दी खुलाउने निर्णय गरेको भए पनि नेपालमा पेट्रोलियम पदार्थ पठाउने गरेको इन्डियन आयल कार्पोरेशनले न्यून मात्रामा मात्र तेल भर्ने गरेको छ ।
जसका कारण नियमति रुपमा तेल किन्दै आएको नेपाल आयल निगम थप संकटमा परेका छ । निगमले आइओसीलाई तेल नदिदा समस्यष परेको भन्दै क्षतिपूर्ति दिन समेत केही दिन अघि आइओसीलाई पत्र पठाइसकेको छ । तर आइओसीले मागे जति तेल नदिने र नेपाली जनतालार्य दुख दिने नियर राखे सँगै आयल निगमले तेल ल्यानको लागि नयाँ बिकल्प अघि सारेको छ ।
तेल मा एकाधिकार जमाउदै आएको भारतको एकाधिकार तोड्नको लागि सरकारले ग्लोबर टेन्डर आहृवान गरेको छ ।
भारतले अघोषित नाकाबन्दी नहटाएपछि सरकारले यो कदम चालेको हो । नेपाल आयल नियमले इन्धन पैठारीका लागि टेन्डर आहृवान गरेको छ ।
सरकारले मन्त्रिपरिषद्बाट निर्णय भए अनुसार हालको परिस्थिति सहज नभएसक्क हवाईइन्धन, पेट्रोल, डिजल मट्टितेल तथा ग्यास कुनै पनि मुलुकबाट खरिद गरी आपूर्ति व्यवस्थालाई सहज बनाउन १५ दिनका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ ।
सरकारले कम्तिमा १५ दिनका लागि दैनिक २०० के एल डिजेल, पेट्रोल १०० केएल र हवाई इन्धन र मटिलेल २०० केएल र ग्यास १०० मेट्रिकटनका लागि टेण्डर आहृवान गरेको छ ।
हवाइ मार्ग वा स्थलमार्गबाट काठमाडौंमा इन्धन ल्याउनु पर्ने सरकारी सर्त छ । सरकारले माग गरे अनुरुपको टेन्डर पेस भएमा केहि दिन भित्रै नेपालमा पेट्रोलियम पदार्थ सहज हुने भएको छ ।
www.nepalsandesh.com