राजदूत उपाध्यायको चेतावनी : नाकाबन्दी खोल्न कति लाग्छ भन्नुहोस् नत्र हामीलाई चीनसँग सहयोग माग्ने छौं
काठमाडौं — भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले भारतले पेट्रोलियम लगायत अन्य आवश्यकीय वस्तुहरुको आपुर्तिमा बाधा उत्पन्न गर्न जारी राखे नेपाल चीनसँग विवश भएर सहयोग माग्ने चेतावनी दिएका छन् । पीटीआईसँगको अन्तरवार्तामा उनले सो कुरा बताएका हुन् ।
भारतले चाँडै अघोषित नाकाबन्दी खुल्ने आश्वास दिएको बताउँदै राजदूत उपाध्यायले भने, ‘भारतले अब स्पष्ट रुपमा भन्नुपर्छ नाका खुल्न कति लाग्छ । कति घण्टा, हप्ता वा महिना ?’ ‘यदी भारतले यसरी नेपाललाई विवश गर्ने हो भने हामी पनि अन्य देशहरुसँग सम्पर्क गर्न बाध्य हुनेछौं,’ उनले भने, ‘हामीसँग कुनै विकल्प भएन भने हामी चीनलगायत अन्य देशसँग सम्पर्क गर्नेछौं ।’ उनले नेपालले भोग्नु परेको आपुर्ती समस्या बारे भारतीय उच्च तहमा अवगत गराइसकेको जानकारी दिँदै यो समस्या चाँडै समाधान हुने आशा व्यक्त गरे । नेपालमा दशैं र तिहार नजिकँदै जाँदा भारतले चाँडै समस्या समाधान गर्ने आशा व्यक्त गरेका हुन् ।
‘भूकम्पको बेला भारतले गरेको सहयोगको सबैले प्रशंसा गरेको थियो तर तर आपुर्तीमा बाधा जारी राख्ने हो जनताले भारतविरोधी प्रदर्शन गर्नेछन्,’ उनले भने । भारतले भने नेपालमा जारी प्रदर्शन नै आपुर्ती समस्याको मुख्य कारण रहेको बताउँदै अघोषित नाकाबन्दी नगरेको बताउँदै आएको छ । यस विषयमा राजदूत उपाध्यायले नेपाल प्रवेश गर्ने हरेक गाडीलाई सुरक्षा दिने प्रतिबद्धता व्यक्त गरे । उनले अब पूरानो तिक्तता मेटाउँदै सकारात्मक तरिकाले अघि बढ्ने समय भएको समेत बताए । उनले नेपाल आयल निगम र इन्डियन ओयल कर्पोरेसनबीच भएको सम्झौता उल्लंघन गर्दै इन्धन उपलब्ध नगराएकोमा पनि आक्रोश व्यक्त गरे । www.ratopati.com

