ओलीलाई चीनको समर्थन, भारतलाई खतरा – भारतीय मिडिया
१८ असोज, काठमाडौं ।
नेपालमा सरकार परिवर्तन हुन लाग्दा भारतीय भूमिका जहिले पनि निर्णायक हुन्छ भन्ने कुरा लुकेको छैन । लामो समय देखि प्रधानमन्त्री बन्नका लागि प्रमुख दावेदार एमाले अध्यक्ष केपी शर्मा ओलीको सिंहदरवार यात्रा धरापमा पर्नुको रहस्य एक भारतीय मिडियाले खोलेको छ ।
चीनले नेपालको संविधान बनाउनका लागि मुख्य भूमिका खेलेको र ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीको समर्थन रहेको भन्दै भारतीय मिडिया सिएनएन आइबिएनले विशेष रिपोर्ट प्रसारण गरेको छ । तर यो रिपोर्ट नेपालमा भने हेर्न प्रतिबन्ध लगाइएको छ ।
नेपालको संविधान बनाउन चीनको ठूलो लगानी रहेको र त्यसकै कारण भारतलाई पाखा लगाइएको दावी गरिएको यो रिपोर्टमा नेपाली नेताहरुले चीनकै आडमा भारतलाई नेपालले वेवास्ता गरेको र भारतीय मुलका मधेशीहरुलाई संविधानबाट विमुख गरिएको दावी समेत गरिएको छ ।
संविधान बन्ने समयमा निरन्तर चिनियाँ अधिकारीहरुको नेपाल भ्रमण भएको र चीनले प्रचण्डलाई चीन बोलाएर नयाँ संविधानको प्रक्रिया अघि बढाउन दवाव दिएको समेत दावी यो रिपोर्टमा गरिएको छ ।
नेपालको राजनीतिमा चीनले उच्च परिमाणमा पैसा खर्च गरिरहेको र पूर्वराज परिवारको सम्पतिको ट्रष्टमा समेत चीनको लगानी रहेको समेत दावी यो रिपोर्टमा गरिएको छ ।
चीनले पछिल्लो समयमा विकाशका संरचनामा नेपालमा निक्कै लगानी बढाएको भन्दै चिन्ता ब्यक्त गरिएको यो रिपोर्टमा जाक्का ज्याकोभ भनिने आइविएनका सम्पादकले चीनको भूमिकाले भारत चिन्तित हुनु पर्ने बताएका छन् । चीनले आफ्नो देशमा संघीयता नभएपनि नेपालमा खुलेर समर्थन गरेको भनिएको छ । नेपालका मुख्य ३ पार्टी भारत विरुद्ध लागेको भन्दै उनले प्रचण्ड विगतमा भारतका साथी भएपनि अहिले आएर चीनको प्रभावले बदलिएको दावी समेत उनले गरेका छन् ।
यो रिपोर्टमा मोदी २ पटक नेपाल गएर उच्च महत्व दिएको भएपनि नेपालीले यो कुरा बिर्सेको भूकम्पको समयमा सहयोग गरेको कुरा विर्सेर नेपालमा भारतविरोधी ट्वीटर ट्रेण्डिङ चल्नु अनौठो भएको भनिएको छ ।
मोदीले नेपाली प्रधानमन्त्री नभेट्ने भनेपछि सुशील कोइराला अमेरिका नगएको खुलासा समेत यो रिपोर्टले गरेको छ ।
हेर्नुस् भिडियो
नेपालमा हेर्न प्रतिबन्ध लगाइएको यो भिडियो हेर्न भारत लगायत अन्य देशको लोकेसन राखेर लग इन गर्नु पर्छ
