देशलाई एक बर्ष भित्र लोडसेडिङ मुक्त बनाउने : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई एक वर्षभित्र लोडसेडिङमुक्त वनाउने तयारी भइरहेको बताउनुभएको छ । साथै, दुई वर्षभित्र सुरक्षित आवास वनाई वस्ती वसाउने गरि काम भईरहेको पनि जानकारी गराउनुभयो ।
प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिको चुनाव पश्चात संविधान निर्माणमा असहमत रहेका र अहिले सरकारमा सहभागी नभएका शक्तिहरुलाई संगै लिएर जाने गरी छलफल अगाडि वढाइएको जानकारी दिनुभयो । साथै प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनः निर्माण अन्त्यन्तै तिव्रतका साथ अगाडि वढाउने र त्यसका लागि युवाहरुलाई साथ दिन आग्रह गर्नुभएको छ । युवा संघ नेपालले प्रधानमन्त्री निवास वालुवाटारमा वधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो ।

