दशैंका लागि आन्दोलन स्थगित गर्दै मधेशी मोर्चा

२६ असोज, काठमाडौं ।

विगत २ महिना देखि मधेशमा आन्दोलन चर्काइरहेका मधेशी दलहरुले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरेर आफ्नो आन्दोलन स्थगित लिने भएका छन् । आन्दोलन स्थगित भएको घोषणा गर्न मोर्चाले केहीबरेमा पत्रकार सम्मेलन गर्दैछ ।

यस अघि मोर्चाका नेताहरुले केपी ओलीको सरकारलाई दवाव दिन आन्दोन चर्काउने संकेत गरेका थिए ।




आफ्नै आन्दोलन दवाएको आरोप लागेका सुशील कोइरालालाई मत हाल्न मधेश आन्दोलन थाती राखेर काठमाडौं छिरेका मधेशी दलमा भाँडभैलो भएपछि र दशैंमा आन्दोलन जारी राख्दा थप बदनाम हुने भएकाले मधेशी दलहरु आन्दोलन फिर्ता लिने मनस्थितिमा पुगेको बैठकमा सहभागी एक नेताले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए ।

दशैं र तिहार तथा छटपछि मात्र आफ्नो आन्दोलनलाई ससक्त पार्ने सोंचमा मधेशी नेता रहेको पनि भित्री श्रोतले जनाएको छ ।

मधेश आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वर्तमान राजनीतिक सन्दर्भमा पत्रकार सम्मेलनको आयोजना गरेको जानकारी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेस चौरसियाले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीका लागि भएको संसदीय चुनावमा सहभागी भएपछि मधेशी दलमा नेता तथा कार्यकर्ताले पार्टी छोड्ने र राजिनामाको लहर चलेको बताइएको छ ।

गत फागुनमा अनिलकुमार झासँग एकता गर्दै सदभावनाको सहअध्यक्ष रहेकी सरिता गिरीले हिँजो मात्र पार्टी छाडेकी छिन् भने अन्य दलका नेता कार्यकर्ताले पनि धमाधम पार्टी छोड्न थालेका छन् ।

मधेश आन्दोलनकै कारण देखाउँदै नाकाबन्दी गरिरहेको भारत पनि मधेश आन्दोलन फिर्ता हुनासाथ सहजरुपमा नाका खोल्न तयार हुने निश्चित छ । मधेश प्रति अनुदार मानिएका प्रधानमन्त्री केपी ओलीको सत्तागमन यस अर्थमा सुखद हुने देखिएको छ ।nepaliheadlines.com

प्रतिक्रिया दिनुहोस