भारतीय मिडियाको दाबी ‘ओली भारतका सहयोगी’
काठमाडौं, असोज २६ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीयले मिडियाले भारतका असल मित्रका रुपमा ब्याख्या गरेको छ । आजको भारतीय अखबार दैनिक जागरणले एमाले अध्इष समेत रहेका ओलीको कार्यकालमा दुई देशबीचको तनाव अन्त्य हुने आशा रहेको विश्लेषण गर्दै समाचार छापीएको छ ।
उक्त राष्ट्रिय दैनिकले ओलीमाथि भारतको भरोसा शीर्षकमा समाचार लेख्दै नेपालको कार्यकारी पदमा पुग्न भारत विरोधी कट्टर वामपन्थी दलले अहम् भूमिका निर्वाह गरे पनि ओलीले दुबै देशबीच देखिएको तनाव कम गर्न सक्ने संवाहकका रुपमा भारतले हेरिरहेको समेत विश्लेषण गरिएको छ ।
भारतको यस्तो आशाको आधार ओलीकै विगतको राजनीतिक इतिहास रहेको पनि सो अखबारले खुलासा गरेको छ । असोज ३ गते संविधान जारी गरे लगत्तै भारत विरोधी अभिव्यक्ति दिँदै कडा स्वरमा भारतलाई चुनौती दिँदै खरो् रुपमा प्रस्तुत भएका ओली २४ गते प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै भारतले ३ घण्टा भित्रै शुभकामना दिँदै भ्रमणका लागि समेत निमन्त्रणा गरिसकेको