ओलीले किन शुरुमै भारत जाने इच्छा देखाए ???????

भारतविरोधी उम्मेद्वारकोरुपमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले भारतलाई आफू छिटो भन्दा छिटो भारत आउन चाहेको सन्देश पठाएका छन् । भारतीय विदेशमन्त्रालयले यो बारे खुलासा गर्दै छिट्टै ओलीको भारत भ्रमण तय गरिने जानकारी दिएको हो ।


गत साताको प्रेस मिटमा नेपाल प्रति आक्रामक प्रस्तुत भएका भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकाश स्वरुपले ओलीले भारत भ्रमण गर्ने इच्छा देखाएको जानकारी मात्र दिएनन् ओलीलाई छिटै भारत आउने ब्यवस्था मिलाउने पनि बताए ।

भारतीय राजदुत रञ्जित रे मार्फत ओलीले आफूलाई भारत जाने वातावरण मिलाइदिन आग्रह गरेको बताइएको छ । भारत विरोधी मोर्चा जस्तै बनाएर भारतले समर्थन गरेको भनिएका सुशिल कोइरालाई पराजित गरेका ओलीले शुरुमै नरेन्द्र मोदीको बधाइ पाएका थिए ।

शुरुमै बधाइ पाउँदा सपथ नलिएकै अवस्थामा भारतसँग नाकाबन्दी खोल्न निरिह आग्रह गरेर कद घटाएका ओलीले आफै भारत भ्रमणका लागि इच्छुक रहेको बताएर आग्रह नै गरेपछि झनै उचाइ घटाएको विश्लेषकहरुले बताएका छन् ।

सुशील कोइरालासँग फोनमा कुरा गर्न नै नमानेका मोदीले ओलीलाई बधाइ दिएर भारत भ्रमणको निम्तो दिएका थिए तर ओली प्रधानमन्त्री बनेपछि पनि भारतले लगाइरहेको नाकाबन्दी खुल्ने संकेत नगरेपछि ओली दवावमा परेका छन् ।

ओलीले प्रधानमन्त्री बन्नु अघि पनि आफ्ना विश्वास पात्र नेता प्रदीप ज्ञवालीलाई भारत पठाएका थिए । तर उनी भारत रहेकै समयमा मोदीले नेपालमा विशेष दुत पठाएर ओलीलाई झट्का लगाइदिएका थिए ।

ओलीलाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका प्रचण्ड आफू प्रधानमन्त्री बनेपछि क्रमभंगता गर्ने भन्दै पहिलो भ्रमणका लागि चीन पुगेका कारण भारतबाट गम्भिर असहयोग हुँदै सत्ताबाट बहिर्गमन सम्म पुगेका थिए । त्यसैले हुन सक्छ ओली भारतसँग हच्चिएका छन् ।

ओलीले परराष्ट्रमन्त्री कमल थापालाई भारत पठाएर भारत भ्रमणको वातावरण मिलाउने चाँजो पाँजो मिलाएको बताइएको छ । कमल थापा शनिबार भारत जाँदैछन् ।

प्रचण्ड र ओलीलाई सवक सिकाउने भारतीय खेल !

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकाश स्वरुपले भारतले नाकाबन्दी गरेको अस्वीकार गर्दै नेपालकै तर्फबाट अवरोध रहेको दोहोर्‍याएका छन् ।

भारतविरुद्ध आक्रामक अभिब्यक्ति दिएका ओली र प्रचण्डको गठबन्धन सत्तामा आएपछि भारत खुसी नभएको बताइन्छ । ओली सरकारलाई साइजमा राख्न नै भारतले दशैं अघि नाकाबन्दी नखुलाउने रणनीति अख्तिायार गरिसकेको स्पष्ट संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस