बिद्या भण्डारी राष्ट्रपति बन्ने ?

काठमाण्डौ ,२६ असोज ।
नेपालको ईतिहासमा पहिलो पटक महिला राष्ट्रपति बन्ने निश्चिीत जस्तो देखिएको छ ।  नेकपा एमालेलेकी उपाध्यक्ष विद्या देवी भण्डारी अबको राष्ट्रपति बन्ने लगभग निश्चीत भएको हो । तर यो सम्झौता भने अन्तिम भईनसकेको बुझिएको छ । एमाओवादी अध्यक्ष प्रचण्ड तत्काल राष्ट्रपति बन्ने सोचमा नरहेको र राप्रपा र अन्य साना दलले यसमा दावी नगरेका कारण पनि सेरेमा्ेनियल राष्ट्रपति एमालेको हातमा जाने संभावना बढेको हो ।

यो स्थितिमा सुभाष नेम्वाङ र विद्या भण्डारीको चर्चा चले पनि एमालेको अधिकाश हिस्सा विद्या भण्डारीलाई अघि बढाउनु पर्ने पक्षमा देखिएको बुझिएको छ । यो अवस्थामा भण्डारी राष्ट्रपति बने उनी नेपालको पहिलो महिला राष्ट्र प्रमुख हुने छिन् ।
दशै लगत्तै हुने राष्ट्रपतिको निर्वाचनमा नेकपा एमालेले राष्ट्रपतिका लागी भण्डारीलाई उठाउने आन्तरीक तयारि गरेको स्रोतले जनाएको छ ।
एमालेका एक केन्द्रिय सदस्यले अबको राष्ट्रपति एमालेले पाउने भएपछि भण्डारीको नाम अघि सारीएको बताए ।
राष्ट्रपति निर्वाचनसम्म राजनितिक बृतमा कुनै परिवर्तन नआएमा भण्डारी नै राष्ट्रपति बन्ने पक्का छ ।
प्रमुख सत्ता साझेदार दल एमाओवादीले सभामुख र उपराष्ट्रपति आफुले राखेर राष्ट्रपति एमालेलाई दिदा हुने ग्रिन सिग्नल दिएकाले पनि भण्डारीको संभावना बढेको हो । यस्तोमा कुनै खास पदमा दावी नगर्ने बताएका प्रचण्डले पार्टीलाई उपराष्ट्रपति र ८ वटा जति मन्त्रालयमा चित्त बुझाउन सक्ने आशय व्यक्त गरेको पनि बताईन्छ ।
यद्यपि औपचारीक रुपमा यस विषयमा ठोस चर्चा शुरु भएको छैन ।
यद्यपि, राष्ट्रपति र प्रधानमन्त्री एउटै पार्टीको हुदा समस्या हुन्छ कि भन्दै एमाओवादी नेताहरुले पनि राष्ट्रपतिमा दावी कायम राख्नु पर्ने बताएका छन् ।
एमाले भित्र माधव कुमार नेपाल पुनः पार्टी नेतृत्व र प्रधानमन्त्री बन्ने चाहनामा रहेको, झलनाथ खनाल पनि पुनः कार्यकारी पदका लागि मौका मिले जाने सोचमा रहेको, बामदेव गौतमले पार्टी अध्यक्ष ताकिरहेको र सुभाष नेम्वाङले सभामुख जस्तो गरीमामय पदमा लामो समय भूमिका पाएकाले केही समय वेटमा राखेर पनि विद्या भण्डारीलाई स्थान दिनु पर्नेमा ओली निकट सबै जसो नेताहरु लागेको र त्यसमा अन्य पक्ष पनि मौन देखिएको ती नेताको दावी छ ।
यद्यपि औपचारीक रुपमा यस विषयमा ठोस चर्चा शुरु भएको छैन ।
भोजपुरमा मानेभन्ज्यानमा जन्मिएकी भण्डारी पति मदन भण्डारीको मृत्यु सँगै राजनितिक रुपमा निक्कै चर्चामा आएकी थिईन । - मिरमिरे अनलाइन

प्रतिक्रिया दिनुहोस