प्रधानमन्त्री ओलीको संसदमा पहिलो संवोधन- इन्धन आपुर्ति सुचारु गरिन्छ, वार्ताको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले इन्धन आपुर्तिमा देखिएको समस्या समाधान गर्न सरकारले कुटनीतिक र राजनीतिक पहल थालिसकेको जानकारी गराएका छन् । प्रधानमन्त्री चयन भएपछि संसदमा पहिलो संबोधन गर्दै ओलीले मधेशमा आन्दोलनरत दलहरुलाई वार्तामा आउन पनि औपचारिक आह्वान गरे ।


अहिलेको समय आन्दोलन र विरोध भन्दा पनि वार्ताको माध्यमबाट सहमति र सहकार्यको रहेको बताउँदै ओलीले वार्ताको माध्यमबाट सबै समस्या समाधान गर्न सकिने भएकाले वार्ताको टेवलमा बस्न आह्वान गरेका हुन् ।

जनताका इच्छाहरु क्रमशः पुरा गरिने बताउँदै उनले भने – ‘इन्धन आपुर्तिको लागि सरकारले राजनीतिक र कुटनितिक कार्य थालनी गरिसकेको छ । जनताले यसमा जनाउने सहभागितालाई प्रोत्साहित गर्दै सरकारले सहयोग गर्नेछ । भूकम्पले ध्वस्त भएका संरचना बनाउन तीब्र कार्य सुरु गरिनेछ ।’

तुलनात्मकरुपमा सन्तुलित देखिएका ओलीले चाडबाडको मुखमा जारी बन्द हड्तालका कार्यक्रम फिर्ता लिन मधेसवादी दललाई अपील गरे

प्रतिक्रिया दिनुहोस