भारतलाई राष्ट्र संघबाट निष्काशन गर्न ३३ दलीय मोर्चाद्वारा वान कि मूनलाई पत्र (पत्रसहित)

काठमाडौ । ३३ दलीय राष्ट्रिय मोर्चाले संयुक्त राष्ट्र संघका महामहिम महासचिव वान कि मूनलाई पत्र पठाएको छ ।

मोर्चाले नेपालको संविधान निर्माणको विषयलाई लिएर भारतले अघोषित रूपमा लगाएको नाकाबन्दीको विरुद्ध महासंघमा बुधबार पत्र पठाएको छ ।
पत्रमा अघोषित नाकाबन्दीले जनजीवन निकै कष्टकर भएको भन्दै सन्धि सम्झौता समेत भारतले मिचेको उल्लेख गरिएको छ ।
यसैगरी मोर्चाले तत्काल नेपालमाथी लगाइएको अघोषित घोषित नाकाबन्दी फिर्ताकाे लागि भारत सरकारलाई दवाब दिन, भारतलाई राष्ट्र संघबाट निष्काशन गर्न र असमान सन्धी सम्झौताको खारेजी गर्न भन्दै राष्ट्र संघलाई पत्र  बुभाएकाे मोर्चाका संयोजक युवराज सफलले बताए।

प्रतिक्रिया दिनुहोस