पोखरा को फेवाताल नजीकै हत्या गरी टुक्ररा, टुक्ररा ,पारि फालिएको अवस्थामा दुइ-जनाको शव फेला

हत्या गरी फालिएको अवस्थामा आइतबार  ठोकठाकेमा २  व्यक्तिको शब फेला परेको छ ।    ठोकठाके –४ स्थित  बीभत्स हत्या गरी फालिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका  अनुसार धारिलो हतियारले घाँटी तथा पाखुरा छुट्टाएर ढुङ्गाले टाउको थिचेको अवस्थामा ठोकठाके –३ स्थित जङ्गलमा घाँसपातमा गर्न गएका स्थानीयले आइतबार बिहान शव भेटाएका हुन् । घटनापश्चात् स्थानीयले जिल्ला प्रहरी कार्यालय  खबर गरेपछि प्रहरी टोली आइतबार घटनास्थलमा पुगेको थियो । प्रहरीको पहलमा शवपरीक्षणका लागि जिल्ला अस्पताल ठोकठाके  ल्याइएको छ । स्थानीयका अनुसार गाउँमा आफन्तको मृत्यु भएपछि शनिबार काजक्रियामा जान भनी घरबाट निस्किएका  आइतबार बिहानसम्म घर फर्किएका थिएनन् । सोबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस