मोदीले उनको दूतावासलाइ भनियो नेपालको महतो पूर्ण नेताको हत्या गर्ने योजना बनाउ
काठमाडौंस्थित भारतीय दूतावासले दिएको यो सूचनामा नेपाली नेताहरुको हत्यासँगै आफ्ना दूतावासका वरिष्ठ अधिकृतहरुको पनि अपहरण हुनसक्ने उल्लेख छ । दिनअघि अर्थात २४ सेप्टेम्बर, २०१४ मा एक गोप्य तथा औपचारिक पत्रमार्फत भारतले नेपाली नेताहरु तथा भारतीय कूटनीतिक अधिकृतहरुको सुरक्षासँग सम्बन्धित अति संवेदनशील सूचना दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
भारतले यस्तो सूचना आफूले अत्यन्त भरपर्दो र विश्वासिलो स्रोतबाट पाएको पनि पत्रमा उल्लेख गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारलाई लेखिएको पत्रमा नेताको हत्या र कूटनीतिक अधिकृतको अपहरणको खतरा के कारणले हुने हो भन्ने खुलाइएको छैन । तर, अन्तर्राष्ट्रिय संगठन अलकायदा र इन्डियन मुजाहिद्दिनबाट यस्तो कार्यको सम्भावना रहेको उल्लेख छ । सुरक्षामा अत्यन्तै सुरक्षा खतरा भएका नेता कोको हुन भन्ने उल्लेख नगरी ‘प्रोमिनेन्ट नेपाली पोलिटिसियन्स’ भन्ने वाक्यांश प्रयोग गरिएको छ ।
सूचनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान अपहरण हुन सक्ने कुरासमेत उल्लेख भएर आएकाले थप सुरक्षा संवेदनशीलता बढाएको सुरक्षा स्रोतले बतायो । सूचना इन्डियन मुजाहिद्दिन र अलकायदाका सदस्यले काठमाडौं विमानस्थलबाट नेपाली वा भारतीय विमान अपहरण गर्ने योजना बनाइरहेको उल्लेख छ ।