मधेस आन्दोलनबारे गुप्तचरको डरलाग्दो रिर्पोट : प्रमुख दललाई मधेसबाट लखेटने योजना : मधेसमा तत्काल राजमार्ग सुचारु गर्न गृहमन्त्रालयको कडा निर्देशन
काठमाडौं, ८ मंसिर / तीन महिनादेखि मधेसमा जारी आन्दोलनबारे एक गुप्तचर रिपोर्ट सार्वजनिक भएको छ । सरकारी गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख देवराज भट्ट नेतृत्वको समतिले मधेस आन्दोलनबारे तयार पारेको रिपोर्ट गृह मन्त्रालय पुगेको हो । रिपोर्टमा मधेसी मोर्चाका नेताहरुले तराईको सशस्त्र समूहसित साँठगाँठ गरिरहेको र सीके राउतसँग मिलेर मधेस रक्षा दल गठन गर्ने तयारी भइरहेको दाबी गरिएको छ ।
उक्त रिपोर्ट गृहमन्त्री शक्ति बस्नेतको हातमा पुगिसकेको छ । गृह मन्त्रालय स्रोतका अनुसार मधेसमा रहेका भूमिगत सशस्त्र समूह र विखण्डनकारी सिके राउतसँग मोर्चाका नेताहरुले भेटघाट बढाएका छन् । सिके राउतले आन्दोलनमा फण्डिङ गरेको पाइएको छ । त्यस्तै, अब प्रत्येक गाविसमा १२ देखि २५ जनासम्मको मधेस रक्षा दल बनाउने तयारी भइरहेको दाबी गरिएको छ ।
फाइल फोटो
मधेसका आठ वटा जिल्लामा एमाले कांग्रेस र एमाओवादीलाई खाली गराउने र समानान्तर सरकारसम्म घोषणा गर्ने गरी भूमिगत संगठन र मधेसी मोर्चाका केही नेताहरुबीच छलफल भइरहेको रिपोर्टमा उल्लेख छ । रिपोर्टपछि गृहमन्त्री बस्नेतले आइतबार गृहमन्त्रालयमा मधेसको पछिल्लो स्थितिबारे छलफल गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर विभागका प्रमुखसँग थप जानकारी लिएका थिए ।जानकारी लिइसकेपछि मन्त्री बस्नेतले सुरक्षा प्रमुख तथा अधिकारीलाई मधेसमा राजमार्ग सूचारु गर्न कडा निर्देशन दिएका छन् ।
श्रोत : साभार दैनिक नेपाल