हत्या गरी बोरामा शव हालेर फालिएको अवस्थामा अन्दाजी ४५ -५० वर्षीय पुरुषको शव फेला

देउखुरीको लालमटियामा एक पुरुषको शव भेटिएको छ ।हत्या गरी बोरामा शव हालेर फालिएको अबस्था अन्दाजी ४५ वर्षीय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । शवलाई प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।घटनाको अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।