यि हुन् मधेशी मोर्चाको सक्रिय कार्यकर्ता : गएका थिए मध्यरातमा रात्री बसमा ढुंगा हान्न ! प्रहरीले लाठी हानेर बनाईदियो यस्तो ! (भिडियो सहित)


फोटो :पक्राउ परेका मधेसी मोर्चाका नेता प्रहरी हिरासतमा  
झडपको क्रममा प्रहरीले गरेको लाठीचार्जबाट १६ जनाबढी आन्दोलनकारी घाइते भएका छन् । जसमा केहीको टाउको समेत फुटेको छ ।

राजमार्ग थुन्न पाल टाँगेर बसेका २४ जनाबढी आन्दोलनकारीलाई प्रहरीले हिरासतमा लिएको छ । राजमार्गमा अलपत्र सवारीसाधन एस्कर्टिङ गराउने क्रममा अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
प्रहरी छडपपछि भारदहबाट राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष शेखरकुमार सिंह, सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रीय अध्यक्ष विकासकुमार तिवारीसहितका नेता पक्राउ परेका छन् ।
प्रहरीले सदभावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, युवा नेता दिनेशकुमार यादव, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोरकुमार यादव, क्षेत्र नं.३ का क्षेत्रीय अध्यक्ष लक्षमण यादव, विद्यार्थी मञ्चका केन्द्रीय सदस्य शम्भु यादव लगायत आन्दोलनकारी नेताहरूलार्इ पक्राउ गरेको छ ।
 
प्रहरीले पूर्वमन्त्री मृगेन्द्र यादव तथा मोर्चाका कार्यकर्ताहरू शैलेन्द्र साह, नवनित झा, महेश यादव, बिद्रोही सत्यनारायण यादव, उमेशप्रसाद साह, फनिकान्त झा, दयानन्द यादव, विशेश्वर यादव र नरेन्द्र यादवलाई पनि हिरासतमा लिएको छ।
प्रहरीले भारदहस्थित राजमार्गमा आन्दोलनकारीले टाँगेको पाल पनि भत्काइदिएको छ । सप्तरीकै रुपनीमा भएको झडपमा मोर्चाका नेता केदार यादव र अशोलाल यादवसहित १२ जनाबढी आन्दोलनकारी घाइते भएका छन् ।
लाठीचार्जबाट अशोलाल यादवको टाउको फुटेर चोट लागेको छ । घाइते उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस