भारतको जाल नबुझदा वीरगञ्ज नाकामा फस्यो नेपाल- हामी बीच लडाई गराएर भारतले तालि बजायो

काठमाडौँ, १६ कात्तिक । विगत दुई महिना देखी भारतले लगाएको अघोषित नाकाबन्दी सोमबार किशान खुल्ला भयो । नेपालीमा आशा पलायो । अब इन्धन सहजै आपुर्ति हुने छ । तर त्यो आशा नेपाली जनतामा १२ घण्टा पनि टिक्न सकेन ।


नाकमा खुल्नासाथ भारतीय भूमिमा रहेका नेपाली गाडी भित्र्याउने होइन, वीरगञ्जमा अलपत्र परेका भारतीय गाडीहरु पास गराउने दिलो ज्यान दिएर लागे । झण्डै ५ घण्टा वीरगञ्ज रक्सौल नाका खुल्यो । वीरगञ्जमा रहेका २१९ भारतीय गाडीहरुलाई प्रहरीले सुरक्षा दिएर सीमापार गरायो । विडम्बना भारतमा रहेको नेपाली कुनै पनि गाडी नेपाल भित्रन पाएनन् ।



सोमबार भारत र भारतमा रहेर नेपालमा ढुगां मुडा बर्साउने राष्ट्रघाती नेपालीलाई फलदायी नै हरयो । कारण नेपालमा रहेका भारतीय गाडी सिमापार भए । तर नेपालका कुनै पनि पाडी नेपाल भित्रन पाएनन् ।Capture

आइतबार मात्र सरकार र मधेसी मोर्चाबीच भएको वार्ता निकै सकारात्मक भएको थियो । तरर, वीरगञ्ज घटनाले वार्ताभन्दा आन्दोलन चाहनेलाई मसला थपेको छ । वीरगञ्ज नाकामा प्रहरीले हस्तक्षेप गर्दा त्यहाँ आन्दोलनकारीका नाममा लगभग एक दर्जन सुतिरहेका थिए । एक प्रत्यक्ष दर्शीले भने, ‘प्रहरी आएको देखेपछि उनीहरुमध्ये ७ जना कुद्दै भारततर्फ लागे भने ५ जनालाई प्रहरीले पक्राउ गर्‍यो ।’

सोमबार वीरगञ्जमा एक जनाको मृत्यु भइसकेको छ । मृतक भारतीय नागरिक हुन् । यसले नेपाल भारत सीमामा भइरहेको आन्दोलनमा सीमा क्षेत्रमा बस्दै आएका भारतीय नागरिकहरुको संलग्नतालाई प्रमाणीत गरेको छ ।

बिहारमा जारी चुनावका कारण पछिल्लो दुई दिन नेपाल र भारत दुवै तर्फको सीमा नाका सिल गरिएको थियो । सधैं दुई देशबीचको दशगजामा थुप्रिने गरेका आन्दोलनकारीहरु सीमा सिल गरिएका कारण त्यहाँ थिएनन् । नेपालतर्फ पनि आन्दोलनकारीको कुनै चहलपहल थिएन । यहि मौका छोपेर भारतले आफ्ना गाडीहरुलाई छिराउने जाल विछ्याएको थियो । भारतको स्थानीय प्रशासनले पर्साका अधिकारीहरुलाई आन्दोलनकारी हटाएर भारतीय गाडीहरु छिराएमा नेपालका गाडीहरु पनि पठाइदिने आश्वासन दिएको स्रोतको दावी छ । भारतीय आश्वासनपछि पर्साका जिल्ला प्रशासन प्रमुख केशवराज घिमिरेले प्रहरीलाई आन्दोलनकारी हटाउन निर्देशन दिए । उनले यस विषयमा केन्द्रमा सल्लाह गरे कि गरेनन् भन्ने प्रष्ट छैन ।


भारतले नेपालका सयौं गाडीहरु थुनिरहँदा नेपालले उनीहरुका गाडी पठाउन किन हतारो गरयो ? यो विषय संघिन बनेर आएको छ । स्रोतका अनुसार नेपालमा रहेका गाडी पठाए पछि उताबाट गाडी पठाउन दबाब पर्ने भएकाले पठाईएको हो । तर त्यसो हुन सकेन ।

वीरगञ्जमा भएको झडपका क्रममा मारिने व्यक्ति भारतीय रहेको खबरसँगै सीमाकेन्द्रित अवरोध भारतीय नागरिकको संलग्नता प्रमाणित भएको छ । विहान प्रहरीले पक्राउ गरेका पाँच मध्ये दुई भारतीय नागरिक नै थिए । भारतीय अगूवाईमा भएको आन्दोलनलाई नेपालले कठोरताका साथ डिल गर्नुपर्ने सुरक्षाविदहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस