वीरगञ्ज झडपमा प्रहरीको गोली लागेर भारतीय नागरिकको मृत्यु
६ कात्तिक, काठमाडौं । वीरगञ्जमा सोमबार दिउँसो प्रहरीसँग भएको झडपमा मृत्यु भएका व्यक्ति भारतीय नागरिक भएको पुष्टि भएको छ ।
गृह मन्त्रालयले पनि मृतक भारतीय नागरिक भएको पुष्टि गरेको हो । गृह सचिव सूर्यप्रसाद सिलवालले अनलाइनखबरसँग भने-‘मृतक भारतीय नागरिक रहेछन् । उनी रक्सौलको भएको सूचना आएको छ ।’
उनको टाउकोमा गोली लागेको छ । उनको साथमा भेटिएको मोबाइलबाट पहिचान खुलेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज रक्सौल नाकाको मितेरी पुलमा धर्ना बसेकाहरुलाई प्रहरीले हटाएपछि वीरगञ्ज सोमबार विहानैबाट तनावग्रस्त भएको थियो । शकराचार्य गेट नजिक भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।


