हिन्दुराष्ट्र राख्न तयार भए भारतले नाका खोल्ने
१ मंसिर, काठमाडौं ।
६ गतेबाट नाकामा झन कडाई काठमाडौं संविधान जारी हुने सुनिश्चित भएको तर, आफुहरुको मुद्दा संविधानमा नसमेटिने पक्का भएपछि आन्दोलन सुरु गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मुख्य माग प्रदेशको सिमाङ्कन पुनरावलोकन र ‘हिन्दुराष्ट्र’ रहेको तथ्य फेला परेको छ । सरकारी टोलीसंगको बार्ताका क्रममा मोर्चाका नेताहरुले स्पष्टरुपमा आफुहरुको सो एजेण्डा रहेको नवताएपनि घुमाउरो पारामा त्यो विषयलाई पनि उल्लेख गरेको स्रोतहरु बताउँछ ।
तर, नेपालका दलहरुले त्यो सुझावलाई कुनै ख्याल नगरी संविधान जारी गरे । त्यसैको प्रभाव अहिलेको नाकावन्दी भारतीय पक्षले गरेको भारत निकट स्रोत बताउछ । संविधानको प्रारम्भीक मस्यौदामा रहेको बाक्याम्समा भारत केहि लचिलो रहेको भएपनि पछि परिवर्तन गरिएपछि आक्रोषित भएको हो । मोर्चा ‘हिन्दुराष्ट्र’ कन्भिन्स विशेषतः प्रदेशको सिमाङ्कनलाई मुख्य मुद्दा बनाएर तराईमा तीन महिनादेखि आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पनि हिन्दु राष्ट्रका पक्षमा कन्भीन्स छ ।
उसले अवको बार्तामा सिमाङ्कनसंगै हिन्दु राष्ट्रको मुद्दापनि शसक्त रुपमा उठाउने तयारी गरिरहेको मोर्चाका एक नेताले बताए । उनीहरुको आन्दोलनलाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको भारतले पनि उनीहरुलाई सो मुद्दा उठाउन दवाव दिइरहेको बताइन्छ । छटपछि आन्दोलन झनै कडा मधेशी मोर्चाले आफ्ना मागमा सरकार उदाशीन भएको भन्दै छट पछि आफुहरुको आन्दोलन झनै कडा बनाउने बताएको छ । मधेशी समुदायको पर्व छट भोली मनाइदै छ । मोर्चाका एक नेताले पर्सीबाट आन्दोलन झन चर्काइने बताए । भारतले पनि ६ गतेबाट नेपाल छिर्ने सबै नाकामा कडाई गर्ने तयारी गरेको स्रोतहरुले बताएका छन् ।
तराईबाट दाउरा पनि ल्याउन नदिइने मधेशी मोर्चाले भारतको नाकावन्दी र आफुहरुको आन्दोलनका कारण राजधानी उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि तराईको चुरे पहाडबाट ल्याएर राजधानीलाई वितरण गर्न लागिएको दाउरा पनि ल्याउन नदिने रणनीति बनाएको छ । छटपछि चुरेबाट दाउरा ल्याउन रोक लगाइने मोर्चाका एक नेताले जनाए । प्रधानमन्त्री सत्ता टिकाउने खेलमा आम जनता अभाव र भोकमरीबाट पिल्सीने अवस्था आइसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली भने आफ्नो सत्ता कसरी टिकाउने भन्ने रणनीतिमा लागिरहेका छन् ।
उनले सत्ता टिकाउनका लागि अझै मन्त्रीमण्डलमा सदस्यहरु थप्ने तयारीमा रहेको उनी निकट स्रोतले बतायो । स्रोतका अनुसार उनले आफ्नो पार्टी एमालेबाट एक जना र सत्ता साझेदार दल राप्रपाबाट एक मन्त्री थप्न लागेका हुन । राप्रपाबाट संसदीय दलका नेता दिपक बोहोरालाई उपप्रधानसहित मन्त्री बनाउने तयारीमा उनी रहेको बताइन्छ । यता, सरकार एक बर्षपनि टिक्न नसक्ने अवस्थामा पुग्न लागेको विश्लेषण गर्न लागिएको छ । कांग्रेस ‘हिन्दुराष्ट्र’ पक्षमा सफ्ट संसदको सबैभन्दा ठुलो तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा संविधानमा हिन्दुराष्ट्र उल्लेख गर्ने गरी संशोधन गर्नुपर्ने पक्षमा ठुलो मत छ । साथै मधेसले उठाएका मुद्दामा पनि कांग्रेस लचिलो रहेको सस्थागत निर्णय गरिसकेको छ ।
त्यसैले हिन्दुराष्ट्र उल्लेख गर्न संशोधन प्रस्ताव पेश गर्नुपर्नेमा कांग्रेसले नै पहल गर्ने तयारी थालेको समेत बताइन्छ । नेपालमा ९४ प्रतिशत ओमकार परिवार बस्छन् । यस्तो छ ओली र मोदीको जुहारी नेपालको सरकारको नेतृत्व गरिरहेका केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री भएकै दिन बधाई त पाए तर नाका खुलेर सहज परिस्थितको आशा गरेका ओली आशा मै सिमित भए । ओली पक्षका एजेन्टहरु भारतलाई रिझाउन विभिन्न विङ्स मार्फत लागि परेका छन् तर त्यो भने सार्थक हुन सकेको छैन् । हिन्दुराष्ट्र राख्न तयार भए भारतले नाका खोल्ने संविधान संशोधन गरी हिन्दुराष्ट्र राख्न तयार भएमा भारत नाकाबन्दी खोल्न तयार रहेको भारतीय अधिकारीहरुले सरकारलाई जानकारी गराइसकेको बताइन्छ । तर, सरकारी पक्षबाट भने त्यस विषयमा कुनै प्रतिक्रिया प्राप्त नभएको भारतीय पक्षको भनाई छ । राजाका विषयमा चर्चा नै छैन् एकथरीले भारतले राजा फर्काउन चाहेको बताइरहेका छन् ।
तर, राजा पुनः फर्कने सम्भावना नरहेको बताइन्छ । अहिलेसम्म भारतमा राजाका विषयमा कुनै छलफल समेत नभएको एक भारतीय अघिकारीले बताए । ६ महिनामा हिन्दुराष्ट्र हुने ठोकुवा नेपाल र भारतको सम्वन्धका बारेमा लामो समयदेखि अध्ययन गर्दै आएका एक विश्लेषकले नेपालमा अवको ६ महिनाभित्र संविधानमा हिन्दु राष्ट्र उल्लेख हुने दावी गर्छन । हिन्दुराष्ट्रको विषयमा रहेका शक्तिहरुले कांग्रेस र कम्युनिष्टका विषयमा फाटो ल्याएको उनको भनाई छ । अव कांग्रेसको नेतृत्वमा सरकार नबन्दासम्म नेपालमा देखिएको समस्या समाधान नहुने पनि उनी बताउँछन् ।
e-dainikkhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस