नाकाबन्दी खुलाउन माग गर्दै एक लाख हस्ताक्षर बान कि मुनलाई बुझाइने
भारतले नेपालमाथि लगाएको नाकाबन्दी खुलाउन अन्तर्राष्ट्रिय पहलका लागि संयूक्त राष्ट्र संघका महासचिव वानकी मुनलाइ एक लाख हस्ताक्षर बुझाइने भएको छ ।
हस्ताक्षरका लागि शनिवार विहान सात बजे रत्नपार्कको शान्तिवाटीका, गोंगवु, बालाजु, कोटश्वर लगायत सात स्थानमा हस्ताक्षर पुस्तिका राखिने हस्ताक्षर अभियानका अभियन्ता सन्तोष लोहनीले जानकारी दिए । हस्ताक्षर संयूक्त राष्ट्र संघको नेपाल कार्यालय प्रमुखको तर्फबाट मुनलाई पठाइने छ ।
सरकारको गैर जिम्मेवारीपनका कारण जनताले ठुलो सास्ती खेप्नु परेको भन्दै उनले यसलाई अन्तराष्ट्रियकरण गरी तत्काल नाका सुचारु गर्नुपर्ने बताए । डेढ महिना देखि जारी नाकाबन्दीले अर्वाैको क्षति हुदाँ समेत सरकार मौन बस्नु दुख भएको लोहनीले बताए ।
उनले हस्ताक्ष्नर अभियानलाई भारत सरकार र भारतीय जनताको विरोधका रुपमा नलिन समेत सबैसँग आग्रह गरेका छन् ।