भारतमा पनि पेरिसको जस्तै आक्रमण हुने चेतावनी

२९ कात्तिक, एजेन्सी ।

सन् २००८ को मुम्बइ आक्रमणको शैलीमा फ्रान्सको पेरिसमा आक्रमण भएपछि भारतमा पनि यसै प्रकारको आक्रमण हुने चेतावनी विभिन्न विशेषज्ञहरुले दिएका छन् । भारतीय सुरक्षा विज्ञहरुले भारतका विभिन्न शहरमा पनि फरक समूहबाट यस्तै आक्रमण हुने खतरा चेतावनी दिएका हुन् । 


पेरिस आक्रमणको जिम्मेवारी दावी गरेको इस्लामिक स्टेट आइएसले यस अघि नै भारतमा झण्डा फहराइ सकेको छ । भारतका २ पूर्व गृहसचिवले भाारतमा पनि आतंकबादी आक्रमणको खतरा कायम रहेको भन्दै गुप्तचर सूचनामा लापर्वाही नगर्न सचेत गराएका छन् ।

आइएसले भारतका कश्मिर सहित विभिन्न स्थानमा यस अघि नै झण्डा फहराउँदै आक्रमणको चेतावनी दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस