नाकाबन्दी हटाउन सरकारबाट तराईमा सेना परिचालन’

काठमाडौं, ४ मंसिर । मधेस आन्दोलनका कारण अवरुद्ध राजमार्ग खुलाउन सरकारले सेना परिचालन गर्ने तयारी गरेको छ ।

राजमार्ग खुले नाकाबन्दी पनि हट्ने छ । सेना परिचालन गर्न सुरक्षा परिषद्ले उपयुक्त समयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निष्कर्ष पनि सुरक्षा परिषद्को बैठकले निकालेको छ । विद्यमान कानुनअनुसार राजमार्गमा सेना परिचालनका लागि सुरक्षा परिषद्को सिफारिसमा राष्ट्रपतिले निर्णय गर्नुपर्छ । नयाँपत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस