नवभारत टाइम्सले लेख्यो,‘भारतीय प्रधानमन्त्री थर्काउने ओली पहिलो नेपाली प्रधानमन्त्री’

काठमाडौं – भारतीय संस्थापननिकट मानिने पत्रिका नवभारत टाइम्सले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्रीलाई थर्काउने पहिो प्रधानमन्त्रीका रुपमा चित्रित गरेको छ । नेपाल–भारतबीचको अमूल्य सम्बन्ध जोगाउनै पर्ने वकालत गर्दै नवभारत टाइम्सले सम्पादकीयमार्फत ओलीलाई भारतीय संस्थापनसमक्ष कडा रुपमा प्रस्तुत हुने नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा चित्रित गरेको हो ।





सो पत्रिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गलत नीतिका कारण नेपालले पहिलोपटक भारतभन्दा अर्को मुलुकबाट इन्धन आपूर्ति गरेको किटानीसमेत गरेको छ । आजको राजधानी दैनिककमा खबर छ ।ratopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस

प्रतिक्रिया दिनुहोस