मधेसी मोर्चाले आज फेरी आंदोलन रोकेको भनदै सेनामाथि आक्रमण गर्दा भिडान्त चल्यो
१८ कात्तिक, कलैया । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तराई-मधेसमा जारी आफूहरुको आन्दोलनमा विश्व समुदायले सहयोग गरिरहेको बताएका छन् । मधेसी मोर्चाको सडक आन्दोलनले मात्र सरकारलाई दबाव नपुगेकाले मोर्चाको माग पुरा गराउन विश्व जगतले नै नेपाललाई नाकाबन्दी गर्न सहयोग गरेको उनले उल्लेख गरे ।
गत सोमवार गढीमाई नगरपालिकाको जीतपुरमा सवारी साधन तोडफोडमा संलग्न रहेको भन्दै पक्राउ परेका गढीमाई नगर कमिटी अध्यक्ष रामबाबु साहलाई भेट्न उनी सिमरास्थित इलाका प्रहरी कार्यालय पुगेका थिए ।
उनले तीन महिना लामो आन्दोलनले पीडित बनेका नेपाली जनताको मुक्तीका लागि सरकार माथी दबाव बनाइ दिन मुलुकबासी र बिश्व समुदायसँग समेत अनुरोध गरे । आफ्नो अधिकार सुरक्षित गर्न मधेसी जनता लामो समयदेखि आन्दोलनमा भए पनि माग सम्वोधन गर्न र जनजीबन सहज बनाउन सरकारले काम नगरेको महतोले आरोप लगाए ।

