भर्खरै बस दुर्घटना हुदा ८ जनाको स्पटमै मृत्यु दर्जनौ घाइते..उपचारको क्रममा मृत्यु संख्या नि बढ्दै छ

बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको लु १ ख ५८२८ नम्वरको यात्रुबाहक बस मंगलबार बेलुका खास्खुस्मा-८ चप्परगौरी बाँकेमा दुर्घटना हुँदा  ८ जनाको मृत्यु भएको छ । दुर्घटना लगत्तै बसमा आगो लागेपछि यात्रुहरुको जलेर मृत्यु भएको थियो । शवहरु जलेर चिन्नै नसकिने भएकाले मृतकहरुको नाम ठेगाना पत्ता लाग्न

नसकेको प्रहरीले बताएको छ । १० जना घाइतेको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको सम्पूर्ण विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कुवेर कडायतले जानकारी दिएका छन् । आगो लाग्नुको कारण पत्ता लाग्न नसकेको उनले बताए । तिब्र गतीमा रहेको बस सडकबाट २५ मिटर टाढा गएर रुखमा ठोकिएको र त्यसपछि आगो लागेको घाइतेहरुले बताएका छन् । वसमा करिव ३३ जना यात्रु रहेको प्रहरीले बताएको छ । बसभित्र पेट्रोल भएकाले दुर्घटना लगत्तै आगो लागेको घाइतेहरुको आशंका छ । दुर्घटना भएको दुई मिनेटमै बसमा आगो सल्कीएको घाईते लमही नगरपालीका वडा नंं १० देउपुर निवासी कविराज खनालले बताए । खनालसहित ५ जना घाईतेको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचार भैरहेको छ । अन्य घाइतेहरुको अबस्था सामान्य छ । लमहीमा वुटवल-५ निवासी ४५ वर्षीय ददीकला न्यौपाने, उहाँका छोरा २२ वषिर्य विजय न्यौपाने र १८ वर्षकी छोरी सपना न्यौपाने तथा कचनापुर-१ बाँके निवासी १९ बर्षीय प्रकाश मगरको उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस