नेपाल छिरेका भारतीय सुरक्षाकर्मीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लियो

नेपाली भूमिमा पसेर गोली काण्ड गरेको एक साता नवित्दै भारतीय सीमा सुरक्षा बल एसएसवी फेरि नेपाल पसेको छ ।


आइतबार विहानै झापाको सीमा नाका केचना कलनबाट नेपाल छिरेका एसएसवीका १३ जनालाई नेपाली सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस अघि भारतलाई भन्टाबारी घटनाबारी घटनाबारे स्पष्ट पार्न माग गरिसकिएको अवस्थामा पुनः एसएसवी नेपाल छिर्नुले गम्भिर आशंका जन्माएको छ ।

परराष्ट्र मन्त्रालयले भारतलाई भन्यो- आगामी दिनमा ख्याल गर

उनीहरु कसरी नेपाल छिरे भन्ने विषयमा विवरण आउन बाँकी रहेको बताइएको छ । गृह मन्त्रालयसँग समन्वय गरेर सल्लाह गरेपछि मात्र प्रक्रिया पुरा गरी भारतीय उच्च अधिकारीको जिम्मा लगाइने सशस्त्र प्रहरीले जनाएको छ ।

उनीहरु जाना जान वा बाटो बिराएर नेपाल छिरे भन्ने विषयमा झापा प्रशासनले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस