विप्लव माओवादीले जनसेना ब्यूँझाउने, आजै जनयुद्धको घोषणा हुने !
जनमुक्ती सेना दिवसको अवसर पारेर विप्लव नेतृत्वको माओवादीले फेरि युद्धको घोषणा गर्नेभएको छ । स्रोतका अनुसार आजै विप्लव नेतृत्वको नेकपा माओवादीले जनसेना समेत निर्माण गरेको घोषणा गर्नेछ ।
भारतीय नाकाबन्दी विरुद्ध आज राजधानीमा विशाल प्रदर्शन कै क्रममा नयाँ जनयुद्धको घोषणा गर्ने स्रोतले जनाएको छ ।
भारतीय नाकाबन्दी तथा सरकारले गरेको ढिलासुस्ती , भ्रष्टचार, कालोबजारी, नेपाली नदीनाला भारतीय कम्पनिलाई दिने सरकारी निर्णय जस्ता सरकारी गतिविधि विरुद्ध नयाँ जनयुद्ध घोषणा गर्ने बताइएको छ ।
केहीबेरमा राजधानीको शान्तिबाटीकामा विशाल प्रदर्शनकैबीचमा विप्लव निकट नेकपा माओवादीले जनसेना ब्युझाउने घोषणा गर्ने बताइएको छ ।
पहिलो चरण्मा भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाउने, भारतीय गाडिमाथि प्रतिबन्ध लगाउने, नेपालमा रहेका भारतीय कम्पनिका कार्यलयहरु बन्द गराउने लगायतका कार्यक्रम रहेको बताइएको छ । यसको लागि फौजी तथा गैरफौजी नीति समेत सार्वजनिक गरिने बताइएको छ