भारतबाट यसरी इन्धन आइरहेको रहेछ ! सरकारले भने आएको इन्धन सिधै कालोबजारीलाई सुम्पने गरेको खुलासा !
बजारमा ग्यासको चरम अभाव भइरहेका बेला जोगबनी नाकाबाट ठूलो परिमाणमा ग्यास भित्रिएको छ। भन्सार कार्यालयका अनुसार शुक्रबार साँझ २३ वटा ग्यास बुलेट जोगबनी नाकाबाट नेपाल भित्रिएका छन्।
अघोषित नाकाबन्दीपछि जोगबनी नाकाबाट भित्रिएको यो ग्यास अहिलेसम्मकै ठूलो परिमाणमा हो। यसअघि १७/१८ वटासम्म ग्यास बुलेट यहाँबाट भित्रिएका थिए।