राजा आऊ देश बचाऊ भन्दै राजावादीहरु सडकमा

राजा आउ देश बचाउ भन्ने नारा लगाउँदै बिहीबार विराटनगरमा राजावादीहरुले प्रदर्शन गरेका छन् ।  नेपाल विद्धत परिषद् मोरङको आयोजनामा राजसंस्था स्थापना हुनुपर्ने, हिन्दु अधिकाराज्य नेपाल हुनुपर्ने, अखण्ड नेपाल हुनु पर्ने र राजासँग भएको सम्झौता लागू हुनुपर्ने लगायतका माग राख्दै राजावादीहरुले जुुलुस निकालेर प्रदर्शन गरेका हुन् ।


प्रदर्शन हुने जानकारी अगाडिनै पाएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो ।  जुलुसमा अधिकांश मधेसी समुदायको सहभागिता रहेको थियो ।

परिषद्का मोरङ अध्यक्ष पुष्पराज दाहालका अनुसार शनिहाटबाट सुरु भएको जुलुस मेनरोड, गोल्छा चौक, जलजला चौक, गुद्री चौक हुँदै महेन्द्र चौकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै दाहालले जनआन्दोलन प्रश्चात पूनस्थाना भएको प्रतिनिधी सभाले राजासँग गरेको सम्झौता लागू हुनु पर्ने माग गरे ।

उनले जनआन्दोलन प्रश्चात प्रतिनिधी सभा स्थापना गरेर राजसंस्थाको उत्तराधिकारी संसदले तोकेको व्यक्ति हुने भनेर त्यतिबेला राजा र प्रतिनिधी सभाबीच सम्झौता भएको बताए ।

कोणसभामा बोल्दै परिषद्का पूर्वाञ्चल संयोजक बल्लभप्रसाद दाहालले देश र जनतालाई विषम परिस्थितिमा असहज अवस्था र अन्धकारमा रुमल्याउने काम दलका नेताहरुबाट भइरहेको बताए । अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस