नेपालसँग सम्बन्ध विगारेको भन्दै मोदीमाथि लालु यादवको ट्वीटर आक्रमण

नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारका पूर्व मुख्यमन्त्री समेत रहेका राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले नेपालसँग सम्बन्ध विगारेको भनेर ट्वीटरबाट कडा आलोचना गरेका छन् ।



नेपालबारे लगातार ३ वटा ट्वीट गर्दै उनले नेपाल जस्तो निकट देशसँग सम्बन्ध विगारेका मोदीले अरुदेश सँग के गर्लान् भन्ने प्रश्न समेत गरेका छन् ।

उनले मोदीकै कारण नेपालमा चीन घुसेको भन्दै तामझामसँग नेपाल घुमे पनि मोदीकै कारण नेपालसँगको सम्बन्ध विग्रिएको बताएका छन् ।

नेपालमाथि नाकाबन्दी गरेको नरेन्द्र मोदी सरकारमाथि भारतमा दवाव बढिरहेको छ । संसदमै सोमबार विभिन्न सांसदहरुले नेपालमा भारत विरोधी भावना बढाएको भन्दै मोदी सरकारको आलोचना भयो । यस्तो आलोचना बढ्ने देखेपछि सभामुखले नै नेपालबारेको चर्चमाथि प्रतिबन्ध लगाउनु पर्‍यो ।


यसैबीच भारतको चर्चित अनलाइन फष्ट पोष्ट डटकमले मोदीको नीतिको कटु आलोचना गर्दै विशेष फिचर प्रकाशित गरेको छ ।

फष्ट पोष्टको फिचरमा मोदीको क्यारिकेचर गर्ने नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेलले १ वर्षको बिचमा मोदीका २ रुपमको क्यारिकेचर गरिसकेको छ र पछिल्लो मोदीको ब्यङ्ग्य नेपालमा बढी हिट भएको लेखेको छ ।

प्रतिक्रिया दिनुहोस