सुनको मूल्यमा साढे २ वर्षकै ठूलो मासिक गिरावट

सिंगापुर, १६ मंसिर : सोमबार सुन ६ वर्षकै न्यून नजिक कारोबार भएको छ । यसै वर्ष अमेरिकी ब्याजदरमा वृद्धि हुने अपेक्षाबीच साढे २ वर्षकै ठूलो मासिक गिरावट आउने देखिएको छ ।


खुद्रा सुनको अघिल्लो कारोबारमा १.२ प्रतिशतले गिरावट आएपछि प्रतिऔंस १०५७ डलरमा कारोबार भएको छ । यो मूल्य २०१० को फेबु्रअरीदेखिकै न्यून अर्थात् प्रतिऔंस १०५२.४६ डलरको नजिक हो ।

नोभेम्बरमा थोक सुनको मूल्यमा पनि झन्डै ७.५ प्रतिशतको गिरावट आएको छ । यो पनि २०१३ को जुनदेखिकै ठूलो मासिक गिरावट हो ।

झन्डै दशककै अवधिमा पहिलोपल्ट हुन लागेको अमेरिकी ब्याजदर वृद्धिप्रति लगानीकर्ताको ध्यान गएकाले यो बहुमूल्य धातुको मूल्यमा पनि गिरावट आएको हो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी डिसेम्बरको नीति बैठकमा ब्याजदर वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

लगानीकर्ताहरूले सुनलाई ब्याज नआउने सम्पत्तिका रूपमा लिने गरेकाले ब्याजदर वृद्धिसँगै डलरको मूल्यमा पनि वृद्धि हुने र सुनको मागमा कमी आउने भएको छ ।

डलर पहिले नै ८ महिनाकै उच्च बिन्दुमा कारोबार भइरहेको छ । यसमा हुने थप वृद्धिले डलरअंकित सुन प्रभावित हुनेछ । विश्वकै उत्कृष्ट सुन समर्थित विनिमय व्यापार कोष एसपीडीआर गोल्ड ट्रस्टको सम्पत्ति शुक्रबार ०.१४ प्रतिशतले घटेर ६५४.८० टन कायम भएको छ ।

 यो २००८ को सेप्टेम्बरदेखिकै न्यून बिन्दु हो ।
यो साताको कारोबार विकल्पका लागि थोक कारोबारीले शुक्रबार सार्वजनिक हुने अमेरिकी गैरकृषि पेरोल प्रतिवेदन कुरेर बसिरहेका छन् । रोजगारी प्रतिवेदन बलियो आएमा यसले फेडको डिसेम्बर १५–१६ मा हुने बैठकमा ब्याजदर वृद्धिका लागि बलियो वकालत गर्न सक्छ ।

बिहीबार हुने युरोपेली केन्द्रीय बैंकको नीति बैठकले पनि प्रभावका लागि मुद्राबजारमा आफ्नो ध्यान पु¥याउन सक्छ । ईसीबीले नीतिलाई खुकुलो बनाउन सक्ने अपेक्षा सर्वत्र गरिएको छ ।

कमजोर मुद्राबाट प्रोत्साहित भएका अस्ट्रेलियाका सुन खानी मालिकहरूले उत्पादन ब
ढाउँदै लगेको आइतबार सार्वजनिक तथ्यांकले देखाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस