आइएसले गर्यो भारत विरुद्ध युद्धको घोषणा, मोदीलाई तह लगाउने चेतावनी
इराक र सिरियामा आतंक मच्चाइरहेको खुंखार आतंकवादी संगठन इस्लामिक स्टेट आइएसले भारत विरुद्ध युद्धको घोषणा गरेको छ ।
इस्लामिक स्टेटको पुस्तक ‘फ्यूचर इस्लामिक स्टेट ब्याटल्स’ मा यस्तो घोषणा गरेको हो ।
आतंकवादी संगठन आइएसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम नै लिएर हिन्दु राष्ट्रवादीलाई तह लगाउने चेतावनी समेत दिएको छ ।
मोदीलाई इस्लामका दुश्मन घोषणा गर्दै आइएसले आफ्नो पुस्तकमा मोदीले हतियारको पुजा गर्ने र आफ्ना मान्छेलाई मुस्लिम विरुद्ध लड्न उक्साइरहेको आरोप समेत लगाइएको छ ।
इस्लामिक स्टेटले दिल्लीमा आक्रमण गर्ने भारतीय गृहमन्त्रालयको चेतावनी
आइएसले पुस्तकमा सिरियाबाट अव भारत, पाकिस्तान, बांग्लादेश र अफगानिस्तान सहितका देशमा युद्ध शुरु गर्ने बताएको छ ।
चीनले भारतलाई ‘युद्ध हुन सक्ने देश’को सूचीमा राख्यो
गाइको मासु खाने मुसलमानको हत्या भैरहेको विरोध गर्दै आइएसले भारत छिर्नका लागि आफू तयार भैसेकेको बताइएको छ । आइएसको आक्रमणको चेतावनीपछि भारतका सुरक्षा सतर्कता बढाइएको छ ।