भारतीय प्रधानमन्त्री मोदीलाई शाहरुख र अमिताभले दिए टक्कर ! पढ्नुस

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदभार सम्हालेपछि ट्विटरमा उनका फलोवरर्सको संख्यामा चार गुणाले वृद्धि भएको थियो, तर उनी अझै पनि बलिउडका स्टार अभिनेता अमिताभ बच्चन र शाहरूख खानलाई उछिन्न सकेका छैनन् । अर्थात मोदीलाई अमिताभ र शाहरुखले टक्कर दिइरहेका छन् ।


सामाजिक सञ्जाल फोरमले २०१५ मा सबैभन्दा धेरै फलोर्स भएका व्यक्तिहरुको जारी गरिएको सूची अनुसार १.८१ करोड फलोवर्सका साथ अमिताभ पहिलो नम्बरमा छन् । मोदीको जम्मा फलोवर्स १.६४ करोड छन् । र उनी तेस्रो नम्बरमा छन् ।

पछिल्लो वर्षको मे महिनामा प्रधानमन्त्रीको पदभार सम्हालेपछि फलोवर्सको संख्या ४० लाख थियो । ‘ईयर अन ट्विटर २०१५’ को रिपोर्ट अनुसार मोदी सुपर स्टार शाहरूख खानभन्दा पनि पछाडी छन् । शाहरुखको ट्विटरमा १.६५ करोड़ फलोवर्स छन् । अमिताभ, शाहरूख र मोदीपछि ट्विटरमा आमिर १.५५ करोड फलोवर्सका साथ चौथो नम्बरमा छन् । र सलमान खान आमिरभन्दा १० लाख कम फलोवर्सका साथ पाँचौं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस