यो पढेपछि तपाइले सुकुमेल लाई कहिलै भुल्नुहुनेछैन

सुकुमेल धेरै जसो हामी सबैको भान्सामा प्रयोग हुने कुरा हो । सुकुमेललाई विभिन्न तरिका बाट प्रयोग गर्न सकिन्छ । यो खादा खेरि पिरोपिरो भएपनि यसका धेरै फाइदाहरु छन् ।
 – सुक्खा खोकी लागेको छ भने सुकुमेल, तोरीको तेल र चिनी मिसाएर खानुपर्छ । यसले कफ बाहिर निकाल्न मद्दत गर्छ ।

 – बान्ता हुने, भोक नलाग्ने, अपच हुने आदि समस्या छन् भने सुकुमेल खानाले कम हुन्छ ।
– छातीमा कफ जमेको छ र सास लिन गाह्रो भइरहेको छ भने सुकुमेल खानाले कफ बाहिर निस्कन्छ र शरीरलाई राहत मिल्छ ।
 – तिर्खा लागिरहन्छ अथवा घाँटी पोल्ने गरिरहन्छ भने सुकुमेल मिसाइएको पानी पिउँदा राम्रो हुन्छ ।
– टन्सिल भएको बेलामा हल्का मात्रामा सुकुमेल प्रयोग गर्नाले घाटीमा आराम महशुस हुन्छ ।
– रुघाखोकी लागेको छ अथवा घाँटी खसखस भइरहने समस्या छ भने सुकुमेललाई पिसेर महसँग खानुपर्छ ।

प्रतिक्रिया दिनुहोस