चीनबाट आज १ लाख ७६ हजार लिटर पेट्रोल आउने

रसुवा, कार्तिक १९ । चीनले अनुदानमा दिएको १ लाख ७६ हजार लिटर पेट्रोल आज (बिहीबार) काठमाडौं भित्रिँदै छ ।


चीनको केरुङबाट पेट्रोल भरेर फर्किएका १८ वटा ट्यांकर आज रसुवाबाट काठमाडौं आइरहेका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले  १८ वटा ट्यांकरले १ लाख ७६ हजार लिटरपेट्रोल लिएर काठमाडौं हिँडेको बताए  । उनले आज थप चार वटा ट्यांकर पेट्रोल भर्न केरुङ गएको जानकारी दिए ।tel-tankar-line-new61रसुवागढी भन्सार कार्यालयका अधिकृत श्याम बस्नेतले आज बिहानसम्म चीनले नेपाललाई दिएको अनुदानको १३ लाख लिटर पेट्रोल मध्ये ३ लाख ४० हजार लिटर पेट्रोल नेपाल भित्रिसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस