अाजकाे राशिफल / २०७३ वैशाख ०७ गते मङ्गलबार

अाजकाे राशिफल / २०७३ वैशाख ०७ गते मङ्गलबार
 प्रकाशित मिति: मंगलबार, बैशाख ०७, २०७३  समय: ०:५५:४०

आजको पञ्चाङ्ग
aajako rashifal


वि.सं. २०७३ वैशाख ०७ गते मङ्गलबार तदनुसार ई. सं. २०१६ अप्रिल १९ तारिख,

सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :— ११३७, (चौलाथ्व)

इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०६:२२ बजे

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:३७ बजे र सूर्यास्त : साँझ ०६:३१ बजे

पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४२ बजे र सूर्यास्त : साँझ ०६:३६ बजे

चैत्र शुक्लपक्षको त्रयोदशी तिथि,  भोलिबिहान सूर्योदयसम्म कायम रहने छ ।

उत्तराफाल्गुनी नक्षत्र, मध्यरात्रीपछि ०१:२६ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा सिंह राशिमा, बिहान ०५:४५ बजेसम्म, त्यसपछि कन्या राशिमा,

ध्रुव योग, दिउँसो ०२:३० बजेसम्म, त्यसपछि व्याघात योग,

कौलव करण, दिउँसो ०४:५२ बजेसम्म त्यसपछि तैतिल करण,

आनन्दादि योग : धाता, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण, वारशूल : उत्तर, नक्षत्रशूल : उत्तर,

आजको चाडपर्व र उत्सव : प्रदोष व्रत, महावीर जयन्ती, साहित्यकार पारिजात जयन्ती,

आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), वास्तुमुहूर्त,

आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव : छन्द दिवस,

भोलिको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), चूडाकर्म(छेवर), वास्तुमुहूर्त, दैलो राख्ने,

०९ गते : पूर्णिमा व्रत, ने. क. पा. स्थापना दिवस, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), चूडाकर्म(छेवर), वास्तुमुहूर्त,

१० गते : मन्वादि, हनुमान् जयन्ती, देवी यात्रा, वैशाख स्नानारम्भ, बालाजु बाईस धारा मेला, लमजुंग यलुंग पोखरी मेला, ल्हुती पुन्ही, ल्हुतीस्नान, पृथ्वी दिवस, नवलपरासीमा द्यौचुली मेला, पासांग ल्हामु विजय दिवस, शुभविवाह,

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

आजको दिन मिश्रित परिणाम प्राप्त हुने दिन हो । दिनको सुरुवातमा ज्ञानगुन र बौद्धिकताका क्षेत्रमा मन आकर्षित भए पनि दिउँसो मानसिक चिन्ता र छटपटीले व्याकुल हुन सकिन्छ । प्रतिस्पर्धी र कुरा काट्नेले तपाईंका विरुद्धमा प्रचारबाजी गर्नसक्छन् । घरमा आमा वा दिदीको स्वास्थ्य प्रतिकूल बन्नसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

दिनको सुरुवातमा सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । तर दिउँसोबाट असहज परिस्थिति सिर्जना हुनेछ । खर्च वृद्धि हुने समय छ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुँदैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठसदस्यको स्वास्थ्यमा  समस्या देखापर्न सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

सामाजिक क्षेत्रमा सक्रियता बढेपनि खर्च गर्न मन हौसिने योग छ, सचेत हुनुहोस् । घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्नसक्छ । मातापिता वा अभिभावकवर्गका चाहनालाई पूरा गर्न सकिंदैन । उता समाजमा तपाईंको चियोचर्चो गर्ने र कुरा काट्नेको सङ्ख्या बढेको अनुभूति हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

singha

पारिवारिक समस्या र उल्झनमा समय दिनु पर्नेछ । आर्थिक पक्ष सबल छैन, यद्यपि केही लाभमूलक काम बन्नेछन् । गरेका काम ढिलो गरी सम्पन्न हुनेछन् । विभिन्न सामाग्री किनमेल गर्दा महँगोमा पर्न सकिन्छ, आजका लागि थाती राख्नु बेस हुनेछ । नातागोताभित्रका विपरीतलिङ्गी सदस्यहरूको काम र समस्यामा रुमल्लिनु पर्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

kanya

मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

tula

मिश्रित प्रभाव प्राप्त हुने भए पनि आजको दिन सकारात्मक छैन । दिउँसो शत्रुपक्षका अनिष्ट व्यवहारको सन्देश प्राप्त हुने देखिन्छ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । कृषिजन्य व्यवसायमा गरिएको मिहिनेतबाट लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । सानातिना कामको झमेला आउनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

brishik

रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक र राज्यपक्षबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

dhanu

अभिभावक वा मातापिताको आशीर्वाद लिन सके आज कुनै महत्त्वपूर्ण काम बन्नसक्छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा कामको चाप बढ्न सक्छ । तर जीवनसाथी र बालबच्चाबाट सहयोग लिने अनुकूलता हुँदैन । जागिरेले नजानेको वा नचाहेको कार्यक्षेत्रमा समय खर्च गर्नुपर्छ । कुनै अप्रत्याशित काममा धनखर्च हुनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

आजको दिन मिश्रित फलदायी रहेको छ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ, साँझपख अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

kumbha

प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । स्वास्थ्यक्षेत्रमा समेत राम्रो छैन । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

mean

मन रमणीयतातर्फ आकर्षित बन्नेछ । भावुकता र काल्पनिकतामा अल्मलिएर गर्नैपर्ने काममा विलम्ब हुनसक्छ । दाम्पत्य सम्बन्ध वा प्रेमी÷प्रेमिकाका बीचमा चिसोपन देखिनसक्छ । के गरौं र के गरौं भइरहनाले निर्णय क्षमतामा कमी आउन सक्छ । दैनिक कामधन्दा र बन्दव्यापार सामान्य नै रहने देखिन्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६ः४० उत्तर तथा देशान्तर : ८७ः१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रतिक्रिया दिनुहोस